१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ असार १७ सोमबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

भीमदत्त नगरको गाडी तोडफोड

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १४:o२:oo

कञ्चनपुरको महेन्द्रनगर क्षेत्रमा रहेका खोकाछाप्रा उद्धार समितिमा आबद्ध मजदुर व्यवसायीले भीमदत्त नगरपालिकाको गाडी तोडफोड गरेका छन्। स्थानीय सरकारले ज्यादती गरेको भन्दै समितिमा आबद्ध मजदुर व्यवसायीले भीमदत्त नगरको गाडी तोडफोड गरेका हुन्।

सोमबार भीमदत्त नगरपालिकाले खोकाछाप्रा क्षेत्रमा बनेका संरचना हटाउन बिहान एक्स्काभेटर लिएर गएको थियो । खोकाछाप्रा उद्धार समितिमा बस्दै आएका मजदुर व्यवसायीले स्थानीय सरकार दमनमा उत्रिएको भन्दै एक्स्काभेटर फर्काइदिएका थिए। खाली गरेका घर हटाउन अवरोध नगर्न अनुरोध गर्न गएका भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थी र वडा नम्बर ४ का वडाध्यक्ष सुशील भट्टविरुद्ध खनिएका उनीहरूले गाडीमा समेत तोडफोड गरेका हुन्।

भिडले प्रवक्ता अवस्थी र भट्ट चढेर आएको बा.२झ ३८८९ नम्बरको जिपमा तोडफोड गरेका हुन्। उक्त जिपको पछाडिको भागको सिसा तोडफोड भएको छ। ०५३ सालमा तत्कालीन नगर विकास समितिले खोकाछाप्रा व्यवसायीहरूलाई १०X१० को घडेरी दिए पनि अहिले आएर पालिकाले ज्यादती गरेको भन्दै उनीहरूआन्दोलनमा उत्रिएका हुन्।

कञ्चनपुर खोकाछाप्रा उद्धार समितिका अध्यक्ष देवलसिंह विष्टले भीमदत्त नगरपालिकाले अति राजनीतीकरण गरी गरिब विपन्नमाथि दमन गरेको आरोप लगाए। ‘हामीलाई उतिवेला नगर विकास समिति, त्यसपछि पनि नगर विकास समिति र मन्त्रालयले नै १५X२० को घडेरी दिएर व्यवसाय गर्न दिएको थियो,’ उनले भने, ‘अहिले आएर भीमदत्त नगरपालिकाले बखेडा झिकेर विवाद गरिरहेको छ।’

भीमदत्त नगरका प्रवक्ता पदमराज अवस्थीले भने १०X१० मा बनेका कच्ची संरचना नतोडिने, तर त्यसबाहेक मापदण्डविपरीत निर्माण भएका सबै संरचना हटाउने प्रस्ट  पारेका छन्।

ad
ad
ad
ad