१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
रासस काठमाडौं
२o८१ असार १७ सोमबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

युवा स्वदेशमै बस्ने वातावरण बनाउन विश्वविद्यालयको अग्रसरता अपरिहार्य : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १४:१६:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरू स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य भएको बताएका छन्।

पूर्वाञ्चल विश्वविद्यालय सभाको ३९औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय बिदेसिने युवा, विद्यार्थीको संख्या बर्सेनि बढ्दै गएकाले त्यसलाई रोक्नुपर्नेमा जोड दिए।

‘युवा, विद्यार्थी विदेश जानुपर्ने कारण पत्ता लगाई उनीहरू स्वदेशमै बस्ने वातावरण निर्माणका लागि विश्वविद्यालयहरूको अग्रसरता अपरिहार्य छ,’ प्रधानमन्त्री दाहालले भने।

पाठ्यक्रममा आमूल परिवर्तन गरेर अध्ययनसँगसँगै उद्यम अथवा निर्वाहमुखी रोजगारीको व्यवस्थाका लागि विश्वविद्यालयहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रधानमन्त्रीले वैकल्पिक साधन–स्रोतको खोजीका पनि ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए।

‘अब विश्वविद्यालयहरूले सरकारको मुख ताकेर बस्ने होइन, हरेक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि वैकल्पिक साधन–स्रोत खोजीका लागि ध्यान केन्द्रित गर्नैपर्छ,’ प्रधानमन्त्रीले भने, ‘यस सन्दर्भमा संघ, प्रदेश र स्थानीय तीनवटै तहका सरकारसँगको सहकार्यमा आइपर्ने बाधा, कानुनी एवं नीतिगत समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ।’

ad
ad
ad
ad