मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २४ बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ कार्तिक २४ बिहीबार १८:५३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्पष्ट कार्यदिशा र भिजन भएको पार्टी एमाले मात्रै : ओली 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २४ बिहीबार १८:५३:oo

एमाले अध्यक्ष केपी ओलीले देश बनाउने स्पष्ट कार्यदिशा र भिजन रहेको पार्टी एमाले मात्रै रहेको बताएका छन्। झापा शिवसताक्षीको शिवगन्जमा  चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालसम्म ठूला परियोजना र जनजीवनलाई आवश्यक पर्ने आधारभूत समस्याहरू नेकपा एमालेले समाधान गर्ने र गर्दै आएको बताए।

एमालेले आफ्नो घोषणापत्रमा २० वटा काम ग्यारेन्टीका साथ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। अन्य ८२ बुँदामा एमालेले घोषणापत्र तयार गरेको उनको भनाइ छ। आममतदातालाई घोषणापत्र एक चोटी अध्ययन गरिदिन उनले आग्रहसमेत गरेका छन्। 

उनले एमालेले सुुकुमबासी समस्या समाधान गर्ने तयारी गरिरहेको र स्थानीय तहमा जनता आवास कार्यक्रम घर निर्माण गरिदिएर घरविहीन नागरिकलाई व्यवस्थापन गरिएको बताए। 

ज्येष्ठ नागरिकहरूलाई बाँच्नका लागि आधार र सम्मान गर्दै एमालेले नीति ल्याएर महिनाको एक सयबाट सुरु गरिएको वृद्धाभत्ता कार्यक्रम आज महिनाको चार हजार पुगेको उनले बताए। 

ओलीले भने, ‘ठूला नदीहरूमा एक दुईवटा पुल बन्न बाँकी छ, त्यो हामी पूरा गछौँ। नेपालमा रेलको थालनी भएको तपाईंहरूले थाहै पाउनुभएको होला।’ अब एमालेको सरकार आएमा उचित मुआब्जा दिएर पूर्व - पश्चिम रेल पनि सञ्चालन गर्नेछौँ। नेपालको सबैभन्दा ठूलो  सडक फास्ट ट्रयाकको काम धमाधम भइरहेको छ।

धरहरा, रानी पोखरी, गौतम बुद्ध विमान स्थल, पोखरामा अन्तर्राष्ट्रिय विमान स्थलको काम सम्पन्न भएको छ। मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्गको काम भइरहेको छ। त्यसका कारण एमाले काम गर्छ भन्ने विश्वास सबैमा जागेको उनले बताए।

यही विश्वासका आधारमा अब मंसिर ४ पछि बन्ने एमालेको सरकारले गठबन्धन सरकारका कारण रोकिएका कामहरू द्रुतगतिमा सुचारु गरी पूरा गरिने अध्यक्ष ओलीले बताए।

उनले देशका लागि छाती हात राखेर देश निर्माण र राष्ट्रिय स्वाभिमानलाई उच्च राख्ने शक्ति आवश्यक रहेको बताए। ‘त्यसको नेतृत्व एमालेले गर्छ। तपाईंहरू देशभक्त, विकास प्रेमी, आफ्नो र देश स्वाभिमान उच्च राख्ने जुनसुकै पार्टीमा आबद्ध भएका नागरिकहरूलाई सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा हातेमालो गर्न एमालेमा आउन सधैँ ढोका खुला छ।’