१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७९ कार्तिक २४ बिहीबार ११:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चिसो मनाङ चुनावले तातिँदै

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २४ बिहीबार ११:३१:००

हिमालपारिको जिल्ला मनाङमा मौसम दिन प्रतिदिन चिसिँदो छ । चिसो बढे पनि चुनावी माहाेल भने तात्दै गएको छ । केही दिनअघि काठमाडौंमा भोट माग्न व्यस्त भएका मनाङका उम्मेदवार अहिले भने गाउँ फर्केर विकासे एजेन्डा बोकेर घरदैलोमा पुगेका छन् ।

विगतका वर्षहरूमा यतिवेला मनाङीहरू बेँसी झर्न सुरु गरिसक्थे । ढिलोमा मंसिर पहिलो साता झर्ने गरे पनि सुरुवात अहिलेदेखि नै हुन्थ्यो । बेँसी झर्नुपर्ने वेला काठमाडौं–पोखरा बस्दै आएकासमेत चुनावले गाउँ फर्कन थालेका छन् । मनाङका पाल्साङ गुरुङका अनुसार चुनावले गाउँका नागरिक गाउँमै रोकिएका छन् । चुनावपछि जाडो छल्न काठमाडौं जाने सल्लाह भएको उनले बताए ।
 
चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार चिसो बढ्दै गए पनि चुनावका कारण मनाङी गाउँमै रोकिएको बताए । चुनाव सकिएपछि मात्रै काठमाडौं–पोखरा झर्ने उनले बताए । उनका अनुसार उम्मेदवारहरू काठमाडाैं–पोखरामा मत मागेर गाउँ फर्किएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङीहरू चुनाव पर्खेर बसेका छन् ।

‘विगतका वर्षमा कात्तिक पहिलो सातादेखि मनाङीहरू बेसी झर्न सुरु हुन्थ्यो,’ उनले भने, ‘यसपटक भने मनाङी झरेका छैनन् । चुनाव सकेर जाडो छल्न बेँसी झर्ने तयारीमा छन्।’ मनाङमा एमालेबाट प्रतिनिधिसभामा पोल्देन छोपाङ गुरुङ उम्मेदवार छन् । सत्तागठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ चुनावी मैदानमा छन् । मनाङ प्रदेश सभा (क) मा एमालेबाट राजनबहादुर गुरुङ र गठबन्धनबाट कांग्रेसका मुनिन्द्रजंग गुरुङ उम्मेदवार छन् । 

नेपालमा सबैभन्दा कम ६ हजार चार सय ९६ मतदाता रहेको मनाङमा सदरमुकामदेखि तीन दिनको पैदल दूरीमा समेत मतदानस्थल छन् । सबैभन्दा कम मतदाता नार्पाभूमि गाउँपालिका– ५, फू गाउँको वडा कार्यालय मतदानस्थलमा कुल ७० मतदाता छन् । सबैभन्दा बढी मनाङ ङिस्याङ– ५, भ्राका आधारभूत विद्यालय मतदानस्थलमा पाँच सय ५७ जना मतदाता छन् ।

मनाङमा तीनखाले मतदाता छन् । गाउँमै रहेका रैथाने मतदाता न्यून छन् । अर्काखालका मतदाता गाउँकै भए पनि बसोवास र व्यवसाय गाउँमा छैनन् । पोखरा, काठमाडौं वा अन्य सहरमा बसोवास गर्ने उनीहरू चुनाव, चाडपर्व वा जन्ममृत्युसहित धार्मिक संस्कारमा सहभागी हुन मात्र गाउँ आउँछन् । यस्ता मतदाताको संख्या मनाङमा ४० प्रतिशतभन्दा बढी छ । गाउँका मतदाताभन्दा सहरका मतदाता महँगा र निर्णायक मानिन्छन् ।