१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर ।
२०८० चैत ५ सोमबार १४:२९:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकी प्रदेश सरकार पुनर्गठन, दीपक मनाङे बने मन्त्री

Read Time : < 1 मिनेट
२०८० चैत ५ सोमबार १४:२९:००

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । दीपक मनाङे भनिने सांसद राजीव गुरुङलाई समेट्दै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । 

गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनले हालै एकीकृत समाजवादी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका थिए । गत निर्वाचनमा मनाङ प्रदेश ‘२’ बाट स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ निर्विरोध निर्वाचित भएका थिए । त्यसपछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । 

नवनियुक्त मन्त्री गुरुङले आजै प्रदेश प्रमुखबाट शपथग्रहण गर्दै छन् । मुख्यमन्त्री पाण्डेले पुनर्गठित मन्त्रिपरिषदमा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि दिएका छन् । 

गुरुङ प्रदेश सभाको अघिल्लो कार्यकालमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारमा खेलकुद तथा युवामन्त्री थिए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा हाल कांग्रेसका २७, एमालेका २२, माओवादीका आठ (सभामुखसहित), राप्रपाका दुई र एकीकृत समाजवादीका एक सांसद छन् । 

केन्द्रमा सत्तागठबन्धन परिवर्तन आएसँगै गण्डकी प्रदेश सरकारबाट माओवादी पछि हटेसँगै मुख्यमन्त्री पाण्डे अल्पमतमा परिसकेका छन् ।