१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Monday, 01 July, 2024
गणेश लम्साल विराटनगर
२o७९ कार्तिक २२ मंगलबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

चर्को ब्याजदर र चालू पुँजी मार्गदर्शनको विरोधमा सरकारलाई ज्ञापन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार १५:४५:oo

बैंकको चर्को ब्याजदर तथा राष्ट्र बैंकले जारी गरेको चालू पुँजी मार्गदर्शनको विरोधमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिले सरकारलाई ज्ञापनपत्र बुझाएको छ।

मंगलबार उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराको नेतृत्वमा प्रदेश १ समितिले सरकारलाई ज्ञापनपत्र बुझाएको हो। विराटनगर बरगाछीस्थित महासंघको प्रदेश १ समिति कार्यालयबाट उद्योगीहरू ब्यानरसहित ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका थिए।

आजै प्रदेश समितिले वाणिज्य बैंकको प्रदेश १ कार्यालयमा पनि ज्ञापनपत्र बुझाएको महासंघको प्रदेश समितिका निर्देशक श्याम भण्डारीले बताए। उनका अनुसार मंगलबारै प्रदेशभरिका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूले पनि सम्बन्धित प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

ad
ad
ad
ad