१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार १७ सोमबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार १७ सोमबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

स्व. दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार रायन घिमिरेलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार १७ सोमबार १७:४o:oo

सशस्त्र प्रहरी निरीक्षक स्व. दुर्गाबाबु पाठकको स्मृतिमा स्थापित ‘दुर्गाबाबु पाठक स्मृति संगीत पुरस्कार’ कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलको कक्षा ८ मा अध्ययनरत छात्र रायन घिमिरेलाई प्रदान गरिएको छ।

सोमबार सशस्त्र प्रहरी परिवार महिला संघको २३औँ वार्षिकोत्सवको अवसर पारेर संघकी उपाध्यक्ष साबित्राकुमारी जैसीले घिमिरेलाई पुरस्कार प्रदान गरेकी हुन्।

यसअघिका वर्षहरूमा सो पुरस्कार नेपाल एपिएफ स्कुल कीर्तिपुरका छात्रहरू आशिष रोकाया, साइजित पाण्डे, अनिष थापामगर र अर्जुन झालाई प्रदान गरिएको थियो।

स्व. पाठकको स्मृतिमा सि.सं. ७ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमका सहकर्मीहरूले सामूहिक रूपमा २०७३ सालमा अक्षय कोष स्थापना गरेका थिए। कोषमा जम्मा भएको रकमको ब्याजबाट हरेक वर्ष सशस्त्र प्रहरी परिवार महिला संघको वार्षिकोत्सवमा सो पुरस्कार नेपाल एपिएफ स्कुलमा अध्ययनरत संगीततर्फ प्रथम हुने छात्रछात्रालाई प्रदान गरिँदै आएको सोही ब्याचका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

स्व. पाठकले ‘पंक्षी’ र ‘निन्द्रा लाग्दैन’ गरी दुईवटा एल्बम बजारमा ल्याएका थिए। गीत संगीतमा रुचि राख्ने पाठक ०६०/६१ सालमा चितवनमा सम्पन्न सिनर्जी राइजिङ स्टारको उत्कृष्ट १० भित्र पर्न सफल भएका थिए भने आठौँ कालिका म्युजिक अवार्डमा वेस्ट आर्टिस्टको उपाधिसमेत हात पारेका थिए।

गीत लेख्ने, संगीत दिने र आफैँ गाउनेसमेत क्षमता भएका स्व. पाठकको प्रतिभालाई अमर राख्नका लागि उक्त अक्षय कोष स्थापना गरिएको डिएसपी थापाले जानकारी दिए। कर्तव्य पालनाको सिलसिलामा २०७२ चैत्र २८ गते धादिङको मलेखुमा भएको सडक दुर्घटनामा परी उनको निधन भएको थियो।

ad
ad
ad
ad