मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Saturday, 21 December, 2024
चाल्र्स एम. ब्लो
२o७९ कार्तिक २२ मंगलबार o८:४१:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

चरमपन्थ उदाउँदै छ

Read Time : > 2 मिनेट
चाल्र्स एम. ब्लो
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार o८:४१:oo

डो नाल्ड ट्रम्प र उनको चुनावी नतिजाको अस्वीकारोक्तिदेखि नान्सी पेलोसीका पतिमाथिको आक्रमण सम्मका अवस्थाबाट गुज्रिसकेको अमेरिकाले सन् २०२० निर्वाचन नतिजालाई अस्वीकार गरेका उम्मेदवारहरूलाई नै ८ नोभेम्बरमा निर्वाचित गर्लाजस्तो देखिएको छ । मिड टर्म निर्वाचनमा पहिले नतिजा अस्वीकार गर्ने दुई सय ९१ व्यक्ति उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । यसले लोकतन्त्रका लागि सबैभन्दा ठूलो खतराको रूपमा रहेका ट्रम्पले सन् २०२४ मा पुनरागमन गर्न सक्ने देखाएको छ । गत बुधवार राति दिएको एउटा प्रमुख भाषणमा राष्ट्रपति वाइडेनले ती निर्वाचन नतिजा अस्वीकारकर्ताहरूलाई ‘अमेरिकामा अराजकताको मार्ग’का रूपमा वर्णन गरे । ‘यस्तो कहिल्यै भएको थिएन’, उनले भने, ‘यो गैरकानुनी र गैरअमेरिकी हो ।’ तर, सत्य के हो भने यी अतिवाद, जातिवाद एवं श्वेत राष्ट्रवाद न त गैरअमेरिकी हुन्, न त अपरिचत नै । 

सन् १९१२ को राष्ट्रपतीय निर्वाचनले अहिलेको राजनीतिक अवस्थाका निम्ति केही पाठ पस्किन्छ । विलियम होवार्ड टफ्ट सन् १९०८ मा राष्ट्रपतिमा निर्वाचित भए, प्रगतिशील आन्दोलनको युगका निर्विवाद नेता थियोडोर रुजवेल्टको उत्तराधिकारी बन्दै । नोट्रे ड्याम विश्वविद्यलायका प्राध्यापक पियरी इ. आर्नाेल्डका अनुसार टफ्ट एक दयालु र सज्जन मानिस थिए । प्रगतिशील सुरुमा टफ्ट निर्वाचित भएकोमा सन्तुष्ट देखिन्थे, किनकि उनीहरू टफ्टले रुजवेल्टको विरासतलाई नै अगाडि बढाउने अपेक्षा गरेका थिए । तर, उनीहरू चाँडै निराश भए । उनले ती प्रगतिशीलहरूले चाहेका सबै काम गरेनन्, जसरी बाइडेनका प्राथमिकतामा प्रगतिशीलका सबै प्राथमिकता परेका छैनन् । 

प्रगतिशीलहरूको आक्रोशको लहरमा सवार भएर रुजवेल्टले सन् १९१२ मा टफ्टलाई चुनौती दिए । उनी जब नोमिनेसनमा आफ्नो स्थान सुरक्षित गर्न असफल भए, केही प्रगतिशीललाई साथमा लिएर उनले आफूलाई तेस्रो पार्टीको उम्मेदवारका रूपमा खडा गरे । यो विभाजनले उनीहरूका प्रतिद्वन्द्वी उड्रो विल्सन गृहयुद्धपछि पहिलोपटक दक्षिणबाट राष्ट्रपति बन्ने सुनिश्चित गरेको थियो । विल्सन आफ्नै पार्टीमा मनोनयन जित्ने गरी समेत लोकप्रिय थिएनन् । उनले ४६औँ मतदानमा त्यो पनि थुप्रै सम्झौतापछि मात्रै उम्मेदवारी सुरक्षित गर्न सकेका थिए । तर, जब उनी आमनिर्वाचनमा पुगे, आपसमा झगडामा फसेका उदारवादीहरूलाई उनले सहजै परास्त गरे ।

अमेरिकाको मिड टर्म निर्वाचनमा सन् २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा अस्वीकार गर्ने दुई सय ९१ व्यक्ति उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । ट्रम्पले सन् २०२४ मा पुनरागमन गर्न सक्ने देखिएको छ ।

विल्सन ‘अमेरिका फस्र्ट’ अभियान चलाउँथे, उनका लागि त्यो अभियान मुख्यतः प्रथम विश्वयुुद्धमा अमेरिकाको तटस्थता कायम राख्नेसँग सम्बन्धित थियो । तर, बिहोल्ड अमेरिकाकी लेखक सारा चर्चवेलका अनुसार यो कु कलक्स क्लान (केकेके) अर्थात् अमेरिकी श्वेत सर्वाेच्चतावादी समूह, जातिवाद र फासीवादसँग पनि जोडिन पुगेको थियो । विल्सनको लवजलाई अतिवादीहरूले टिपेर त्यसको अर्थलाई अझ खराब बनाए । एक शताब्दीपछि विल्सनको भाषा लिएर आएका ट्रम्पले दुष्ट्याइँबाट सुरुवात गरे र त्यसैलाई सौम्यताका रूपमा अथ्र्याउने प्रयास गरे । निःसन्देह, विल्सन ट्रम्प थिएनन् । ट्रम्प यो देशको अहिलेसम्मकै खराब राष्ट्रपति हुन् । विल्सन र ट्रम्पबीच अचम्मका समानता छन् । विल्सन जातिवादी थिए । उनले ह्वाइट हाउसमा आफू पलेबढेको दक्षिणको अलगाववाद भित्र्याए । उनले आफ्नो छत्रछायाँमा अलगावलाई फस्टाउने अनुमति दिए । 

विल्सन उनै व्यक्ति थिए, जसले श्वेत जाति (कु क्लुक्स क्लान अर्थात् श्वेत सर्वाेच्चता)को पुनर्जन्म र भाष्यमा जोड दिने फिल्म ‘द वर्थ अफ अ नेसन’ ह्वाइट हाउसमा प्रदर्शन गराएका थिए । ट्रम्पले पनि दक्षिणको ह्वाइट हाउस भन्ने गरेको मार–ए–लागोमा ‘२००० म्युल्स’ वृत्तचित्र देखाउन दिएका थिए । ‘म्युल्स अर्थात् खच्चड’ अमानवीयकरणको भाषा हो । खच्चड शब्दलाई दास वा बधुवाको पर्यायवाचीका रूपमा उपयोग गरियो । पहिले दास र पछि अश्वेतलाई पनि खच्चडसँग तुलना गर्न थालियो । त्यसपछि, ‘ड्रग म्युल (लागुऔषध भरिया)’ शब्दको आविष्कार गरियो ।

हिजोआज मिडियाले अक्सर अश्वेत हिस्प्यानिक महिलालाई जताउन यो शब्द प्रयोग गर्छ । अहिले उदारवादीको ठूलो समूहलाई अमानवीयकरण गर्न मतपेटिका साटफेर गरी धाँधली गर्न सघाउने भरियाका रूपमा जताउन ‘ब्यालेट म्युल्स’ शब्द निर्माण गरिएको छ । मैले यी सबै कुरा अमेरिकामा यस्तो पहिले पनि भएको थियो भनेर देखाउन भनेको हुँ । हामीले अमेरिकामा पहिले पनि थुप्रैपटक अतिवाद बढेको देखेका छौँ ।

– न्युयोर्क टाइम्स