मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024
२o८१ पौष ६ शनिबार o८:२४:oo
Read Time : > 2 मिनेट
खेलकुद डिजिटल संस्करण

चर्च ब्वाइज युनाइटेड झापा कपको उपाधि नजिक 

सलहेशका स्टाइकर चल्न सकेनन्, चर्च ब्वाइजले कम्तिमा पाँच लाख रुपैयाँ सुरक्षित गर्‍याे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ पौष ६ शनिबार o८:२४:oo

शहीद स्मारक ए डिभिजन लिग विजेता टिम चर्च ब्वाइज युनाइटेड क्लब झापा कपको उपाधि नजिक पुगेको छ । शुक्रबार डोमालाल राजवंशी रंगशालामा मधेश प्रदेशको चर्चि टिम सलहेयुवा क्लबविरुद्ध १–० को कठिन जीत निकाल्दै चर्च ब्वाइजले फाइलको यात्रा तय गरेको हो । जीतसँगै चर्च ब्वाइजले कम्तिमा पाँच लाख रुपैयाँ सुरक्षित गरेको छ । चर्च ब्वाइजले अब उपाधिका लागि शनिबार एनआरटी र जागृति क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

अन्तिम १० मिनेट सम्हालिन नसक्दा सलहेश झापा कपको सेमिफाइनलबाटै बाहिरिन पुग्यो । चर्च ब्वाइजको जीतका लागि विदेशी खेलाडी अर्मन्डले गरेको गोल नै निर्णायक बन्यो । खेलको ८१ औँ मिनेटमा मैदानको मध्य भागबाट आएको बललाई सलहेशका डिफेन्डरले क्लियर गर्न नसक्दा अघि बढेर फस्ट बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भयो । खेलअवधिभर चर्च ब्वाइजले अपेक्षकृत प्रर्दशन गर्न सकेन । 

चोटका कारण पहिलो रोजाइका खेलाडी तथा नियमित कप्तान अनन्त तामाङ, एरिक विष्ट र मनिष जर्घामगर बेञ्चमै रहे । कप्तान तामाङ अन्तिम १० मिनेट मात्र मैदानमा प्रवेश गरेका थिए । कप्तान तामाङ मैदान प्रवेश गरेको केहीबेरमा नै चर्च ब्वाइजले खेलमा अग्रता लिएको थियो । एरिक विष्टलाई भने क्वार्टरफाइनल खेलमा सामान्य चोट लाग्न पुग्यो । उनलाई सेमिफाइनलमा आरामा दिइएको थियो । यद्यपि झापा कपको फाइनलमा भने उनी मैदान प्रवेश गर्ने चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले जानकारी दिए । अनुभवी खेलाडीको अभावमा मैदानमा नयाँ खेलाडीमा केही आत्माविश्वासमा कमी देखिँदा अपेक्षकृत प्रदर्शन हुन सकेन ।

अनन्त तामाङको अभावमा खेलको करिब ८० मिनेटसम्म चर्च ब्वाइजको डिफेन्स लाइन कमजोर देखियो । तर, सहलेशले चर्च ब्वाइजको त्यो कमजोरीलाई सदुपयोग गर्न सकेन । पहिलो हाफमा चर्च ब्वाइजले केही आक्रमक खेले पनि फिनिसिङ लाइन निकै कमजोर देखिन्थ्यो । यद्यपि खेलको अन्तिम समयमा चर्च ब्वाइज लयमा फर्कँदै आक्रमण बुन्यो । खेलको १४ औँ मिनेटमा चर्च ब्वाइजका रोहन कार्कीले बक्सबाट गरेको प्रहार विपक्षी डिफेन्डरले ब्लक गरिदिए । पहिलो हाफको अतिरिक्त समयमा अबयमीले दिएको क्रसमा बक्समा रहेका अर्मन्डले फिनिसिङ गर्न सकेनन् । ७० औँ मिनेटमा कमल श्रेष्ठको फ्रिकिक छिरिङलामा ले गरेको हेडर सीधै विपक्षी गोलकिप्पर दीप कार्कीको हातमा पुग्यो । 

खेलभरि नै बल नियन्त्रणमा लिँदै चर्च ब्वाइजलाई दबाबमा राखेको सलहेशले भने स्कोर निकाल्न सकेन । डिफेन्स र मिडफिल्ड राम्रो हुँदा हुँदै फिनिसिङ कमजोर हुँदा सलहेश सेमिफाइनलबाट बाहिरिना पुग्यो । सहलेशले आश गरेर मैदानमा उतारेको स्टाइकर ग्लोरी चल्न सकेनन् । उनको फिनिसिङ कमजोर बन्न पुग्यो । दोस्रो हाफमा पहिलो हाफभन्दा सलहेशले उत्कृष्ट प्रदर्शन गर्‍यो । तर, स्कोररको कमी हुँदा प्रतियोगिताबाट बाहिरियो । खेलको १२ औँ मिनेटमा मैदानको मध्यभागबाट आएको बललाई सलहेशका अभि लामाले दुई डिफेन्डरलाई बिट गर्दै गोलकिप्पर क्रिशल मोक्तानसँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । उनको प्रहार सेकेन्डबार नजिकैबाट बाहिरियो । ५२ औँ मिनेटमा प्रदीप लामाको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले पञ्च गरेर बचाए । ६० औँ मिनेटमा अभी लामाको प्रहार विफल हुन पुग्यो । 

पहिलो सेमिफाइनल खेलको म्यान अफ द म्याच विजेता चर्च विजयी टिम चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड हुँदै नगद दश हजार रुपैयाँ प्राप्त गरे । शनिबारको अन्तिम सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब इटहरी र एनआरटी क्लब काठमाडौँबीच हुनेछ । ८ पुससम्म चल्ने प्रतियोगिताको विजेताले नगद दश लाख तथा उपविजेताले नगद पाँच लाख प्राप्त गर्नेछ । 

फाइनलमा केही रणनीतिमा काम गर्छौँ : सुमन श्रेष्ठ, प्रशिक्षक चर्च ब्वाइज
सलहेशले पनि निकै राम्रो खेल खेल्यो । हामीले पाएको एउटा मौकालाई सदुपयोग गर्दा हामी विजयी बन्न पुग्यौँ । पहिलो हाफमा हामीले केही राम्रो खेलेका थियौँ । तर, पाएको मौकालाई सदुपयोग गर्न सकेनौँ । अनन्त तामाङ र एरिक विष्ट वेञ्चमा रहँदा त्यसको केही असर त पर्‍यो नै । अनन्त र एरिक हुँदा जस्तो खेलाडीमा आत्मविश्वास देखिएन । हाम्रो टिम सेट हुन केही समय लाग्यो । फाइनलमा हामी कमजोरीलाई सुधार गर्छौँ । फाइनलमा एरिकले पनि खेल्नेछन् । हामीसँग दुई दिन बाँकी छ । यो अवधिमा केही रणनीतिमा काम गर्छौँ । हाम्रो फिनिसिङमा केही काम गर्छौँ ।

स्टाइकरले खेल्न सकेनन् : राजीव यादव, प्रशिक्षक सलहेश युवा क्लब 
खेल प्रतिस्पर्धात्मक र एकदमै राम्रो भयो । दोस्रो हाफभन्दा पनि पहिलो हाफ राम्रो भयो । पहिलो हाफमा हामीले पाएका मौकालाई हामीले सदुपयोग गर्न सकेनौँ । चर्च ब्वाइजसँग सधैँ प्रतिस्पर्धात्मक हुन्छ । केही समयअघि भएको खेलमा हामीले जितेका थियौँ । झापा कपमा चर्च ब्वाइजले जित्यो । हाम्रो स्ट्राइकर ग्लोरीले यो खेलमा खेल्न सकेनन् । आश गरेका स्टाइकरको अपेक्षकृत प्रर्दश हुन नसक्दा हार स्कोर निकाल्न सकेनौँ ।