मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार ०६:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जब मतदाताले नै मिलन पाण्डेका लागि मत माग्दै हिँडे...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार ०६:३३:००

देशभर चुनावी प्रचार–प्रसार तीव्र हुँदै छ । उम्मेदवारहरू प्रचार–प्रसारमा निस्कने र मतादातासँग अन्तरक्रिया गरिरहेका छन् । कतिपय उम्मेदवारहरू त घर–खेतमै पुगेर धान चुटेजस्तो गर्ने र अन्य काममा सहयोग गरिदिएका फोटा र भिडियोहरू भाइरल बनिरहेका छन् । तर, काठमाडौं–९ मा विवेकशील अभियान (साझा पार्टी नेपाल)का उम्मेदवार मिलन पाण्डेको चुनावी र्‍याली भने फरक देखिने गरेको छ । उनको र्‍यालीमा पार्टीका कार्यकर्ता नभएर स्थानीयहरू नै स्वतःस्फूर्त हिँड्ने गरेका छन् । 

नागार्जुन–९ को दुर्गानगर कोलोनीमा भएको घरदैलो कार्यक्रममा स्थानीयहरूले नै मिलन पाण्डेका लागि भोट मागेका थिए । चन्द्रागिरि–१५ मा पर्ने सिभिल होम्स कोलोनीमा पनि पाण्डेका निम्ति भोट माग्दै स्थानीय अघि लागेका थिए । 

सिभिल होम्स समाजका अध्यक्ष अमर काजीले मिलन पाण्डेलाई स्वागत गर्दै अब नेतृत्वमा युवा आउनुपर्ने बताए । यस्तै, अर्का स्थानीय हेमराज सुवेदीले अब भोट हाल्दा छोराछोरीलाई सोध्नुपर्ने बताए । किनकि देश अब उनीहरूका लागि बनाउने उनको भनाइ छ । 

पाण्डेले आफ्नो संगठन नभएको तर स्थानीयहरूले नै सहयोग गरिरहेको बताए । उनले भने, ‘मतदाताले नै मत मागिदिइरहनुभएको छ । सबै ठाउँमा यस्तै भइरहेको छ ।’ पाण्डे काठमाडौं– ९ बाट चुनाव उठेका छन् । उक्त ठाउँमा एमालेबाट कृष्णगोपाल श्रेष्ठ आठौँपटक प्रतिस्पर्धामा गर्दै छन् भने सत्ता गठबन्धनबाट माओवादीकी कल्पना धमला प्रतिस्पर्धी छिन् ।