मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १९ शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १९ शनिबार १o:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संविधानको कार्यान्वयन र आर्थिक विकासका लागि कांग्रेसलाई मत : नेता सिंह 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १९ शनिबार १o:२५:oo

काठमाडौं  क्षेत्र नं. १ बाट कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले संविधानको कार्यान्वयनसँगै आर्थिक विकासका लागि सत्ता गठबन्धनलाई मत दिन आग्रह गरेका छन्। शनिवार चुनावी प्रचारका क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

'संसद्को २ कार्यकाल संविधान लेखनमा गयो। एक कार्यकाल संविधान जोगााउन लाग्यो ।' उनले भने, 'अब यसलाई कार्यान्वयनमा लैजानुपर्छ । संविधानकाे अक्षरस पालना गरेर स्थिरता र आर्थिक विकासका लागि गठबन्धनलाई मत दिन आवश्यक छ।' 

उनले अधिकांश मतदाताबाट संघीयता अनुसारको तीन तहले पूर्ण रुपमा काम गर्न  नसक्दा संघीयताको महसुस हुन नसकेको गुनासाे आएकाे बताए । उनले भने 'यसका लागि कांग्रेसलाई म्यान्डेट दिनुपर्छ ।'

‘तीनै तहलाई अधिकार सम्पन्न गर्नका लागि संविधानको अनूसूचीमा रेहको अधिकारसूची अनुसार कानुन बनाउन आवश्यक छ। यसअघि सरकारमा रहेकाहरुलाई कार्यान्वयनको अबसर थियो तर, संविधान मास्न मात्रै लागि परे।'  उनले भने, 'कांग्रेसले त्यो अबसर पाएन । संविधान कार्यान्वयनको सुनिश्चिततासँगै विकासका लागि निर्वाचनमा कांग्रेसलाई म्यान्डेड दिनु आवश्यक छ।'