१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

आरजु राइस मिलद्वारा धानको मूल्य निर्धारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:२३:oo

आरजु राइस मिलले खरिद गर्ने रञ्जित धानको न्यूनतम समर्थन मूल्य ११ सय रुपैयाँ प्रतिमन (४० किलो) निर्धारण गरेको छ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेत प्रवद्र्धक रहेको मिलले किसानबाट खरिद गर्ने धानको समर्थन मूल्य तोकेरै खरिद प्रक्रिया अघि बढाउन लागेको हो ।

अहिले किसानले धमाधम धान भित्र्याउन थालेकाले खरिद मूल्य निर्धारण गरेको मिल प्रशासनले जनाएको छ । सो मूल्यमा खरिद गर्ने धानमा चिसोपना १८ प्रतिशतभन्दा बढी हुन नहुने मिलले जनाएको छ । मिलमा धान पुर्‍याएको दुई दिनभित्र किसानलाई रकम भुक्तानी दिने उद्योगले प्रतिबद्धता जनाएको छ ।

‘राइस मिलभित्रै धान तौल गर्ने अत्याधुनिक मेसिन जडान गरिएको छ । मेसिनलाई नापतौल गुणस्तर विभागबाट पनि स्वीकृति प्रदान गरिएको छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 आरजु राइस मिलले किसानसँग सहकार्य गर्दै ‘रामधान’ र ‘तेजगोल्ड’ धानका बीउ अनुदानमा बिक्री–वितरण गरेको थियो । आरजु राइस मिलमा पूर्ण स्वचालित प्रणाली जडान गरिएको छ ।

ad
ad