Skip This
उपत्यकामा एकैदिन तीन ठाउँबाट २० लाखभन्दा धेरैको धनमाल चोरी  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १६ बुधबार १२:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकामा एकैदिन तीन ठाउँबाट २० लाखभन्दा धेरैको धनमाल चोरी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार १२:१६:oo

उपत्यकाका विभिन्न ठाउँमा करिब २० लाख मूल्यबराबरको धनमाल चोरी भएको छ । प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका– ८ बेसीगाउँकी सुमित्रा थापाको घरमा अज्ञात समूह प्रवेश गरी सुनका गरगहनासहित १० लाख रुपैयाँ मूल्यबराबरको धनमाल चोरी भएको हो ।

उनको घरमा मंगलबार राति चाेर घरभित्र प्रवेश गरेका थिए । मंगलबार दिउँसो भने भक्तपुर सूर्यविनायक– ४ दधिकोट पानीट्यांकीका ३४ वर्षीय राजु थापाको घरबाट चार लाख ४४ हजार रुपैयाँ मूल्यबराबरको धनमाल चोरी भएको छ । कोही नभएको मौका पारी चोर घरभित्र प्रवेश गरेका थिए । 

त्यस्तै, ललितपुर महालक्ष्मी– ३ इमाडोल बोझेपोखरी सिर्जना टोलमा डेरा गरी बस्दै आएका  हुकुमबहादुर बुढामगरको घरबाट पनि मंगलबार दिउँसो नै १० लाख मूल्यबराबरको धनमाल चोरी भएको थियो । उनी घरमा नभएको मौका छोपी चोरी भएको थियो । तीनवटै घटनामा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।