मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ कार्तिक १३ आइतबार ०७:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा बस दुर्घटना हुँदा पाँचजनाको मृत्यु, ३० घाइते

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १३ आइतबार ०७:२२:००

पाल्पाको रम्भा गाउँपालिकाकाे हुँगीबाट मनकामना दर्शनका लागि जाँदै गरेको बस नवलपुरको बुलिङटार- २, डाँडाझेरीको मथारमा दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै ज्यान गएको छ । 

ना.६ख ७५८० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी बसमा सवार ३५ जनामध्ये पाँचजनाको घटनास्थलमै मृत्यु भएको र बाँकी ३० जना सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । 

बस सडकबाट सय मिटर तल खसेको छ । अहिले उद्धार कार्य भइरहेको छ । मृतकको पहिचान हुन सकेको छैन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।