१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १२ शनिबार
  • Monday, 30 June, 2025
२o७९ कार्तिक १२ शनिबार १८:२९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

हथौडा प्रहारबाट घाइते अमेरिकी सभामुखका श्रीमान्‌काे शल्यक्रिया

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १२ शनिबार १८:२९:oo

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीका श्रीमान्‌काे टाउकोको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसीनिवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले ८२ वर्षीय पल पेलोसीमाथि हथौडा प्रहार गरेको थियो।

टाउको र हातमा गम्भीर चोट लागेका उनलाई जुकरवर्ग सान फ्रान्सिस्को जनरल अस्पताल भर्ना गरिएको थियो। आक्रमणकारीले उनलाई बाँध्ने प्रयास गरेको थियो। आक्रमणकारी सभामुखमाथि प्रहार गर्न त्यहाँ गएको अनुमान गरिएको छ। उसले सभामुखसँग भेट्न चाहेको बताएको थियो। केबल न्युज नेटवर्कका अनुसार डेभिड डेपेपलाई आगामी मंगलबार हत्या प्रयासलगायत फौज्दारी मुद्दामा न्यायाधीशसमक्ष प्रस्तुत गरिनेछ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणलाई घृणित कार्य भन्दै त्यसको भर्त्र्सना गरेका छन्। उनले कुनै पनि बाहनामा हिंसा स्वीकार्य नहुने बताएका छन्। अमेरिकामा कुनै पनि किसिमका हिंसालाई स्थान नभएको राष्ट्रपतिले स्पष्ट पारे।