मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १० बिहीबार
  • Thursday, 19 December, 2024
२o७९ कार्तिक १० बिहीबार २o:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

चिसिएको सम्बन्ध सामान्यीकरण गर्दै चीन-भारत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १० बिहीबार २o:४५:oo

चीनले भारतलाई रणनीतिक प्रतिद्वन्द्वीका रूपमा कहिल्यै नहेर्ने बंगलादेशका लागि चिनियाँ राजदूत ली जिमिङले बताएका छन्। 

ढाका प्रेस क्लबमा बुधबार भएको एक कार्यक्रममा उनले आर्थिक, भूराजनीतिक एवं अन्य समस्या समाधान गर्न भारत र चीनले मिलेर काम गर्नुपर्नेमा जोड दिए। 

भारतका लागि चिनियाँ राजदूत सन वेइडोङले आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कनुअघि ‘हामी भारतलाई चीनको रणनीतिक प्रतिद्वन्द्वीको रूपमा कहिल्यै हेर्दैनौँ, भारत–चीन दुवैले भूराजनीतिको जालबाट बाहिर निस्केर विगतभन्दा फरक नयाँ बाटो खोज्नुपर्छ,’  भनेको केही दिनपछि राजदूत लीबाट यो टिप्पणी आएको हो।

राजदूत सुनले भारत र चीनबीचका मतभेद समाधान गर्दै एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिएका थिए। 

बेइजिङ र नयाँदिल्लीले मतभेदको व्यवस्थापन र समाधानको प्रयास गर्नुपर्नेमा जोड दिँदै उनले चीन–भारत सम्बन्धलाई मतभेदले परिभाषित गर्नुको सट्टा वार्ता र परामर्शबाट उचित समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका थिए।

चिनियाँ राजदूतसँगको बिदाइ भेटपछि भारतका विदेशमन्त्री सुव्रमन्यम जयशंकरले चीन–भारत सीमा क्षेत्रमा शान्ति कायम गर्न तथा शान्तिपूर्ण द्विपक्षीय सम्बन्धलाई अक्षुण राख्न अपरिहार्य भएकामा जोड दिँदै भारत–चीन सम्बन्ध सामान्यीकरण हुनु दुवै देशका लागि मात्र नभई एसिया र समग्र विश्वको हितमा रहेको बताएका थिए। 

सन् २०२० मा लद्दाखको दोक्लाममा भएको दोहोरो झडपपछि चिसिएको चीन–भारत सम्बन्धलाई पुनः पुरानै अवस्थामा फर्काउन तथा आपसी सम्बन्धलाई व्यवस्थित गर्न दुवै पक्षले प्रयास गरिरहेका छन्।