मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ कार्तिक १० बिहीबार
  • Friday, 28 August, 2026
२o७९ कार्तिक १० बिहीबार १८:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सित्राङ चक्रवातमा फसेका आठ मजदुरको शव फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १० बिहीबार १८:२५:oo

बंगलादेशको चट्टोग्राम जिल्लाको तटबाट करिब दुई सय ४२ किलोमिटर दक्षिणपूर्वमा सित्राङ चक्रवातमा परेर हराइरहेका आठजना मजदुरको शव फेला परेको छ। ६३ घण्टा लामो खोज तथा उद्धार अभियानले उनीहरूको शव फेला पारेको हो। 

गत सोमबार आएको चक्रवातका वेला उनीहरूलाई सुरक्षित स्थानमा फर्कन आह्वान गरिएको तर एकजना मात्र चेतावनीलाई स्वीकार गरेर फर्केका थिए। माछा मार्न गएका उनीहरूको डुंगा चक्रवातका कारण डुबेको थियो। 

आँधीहुरी र भारी वर्षासँगै आएको चक्रवातमा हालसम्म ३५ जनाको ज्यान गएको छ। साथै तटीय क्षेत्रका धेरै स्थानमा घर, बाली र भौतिक पूर्वाधारमा क्षति भएको तथा अधिकांशको मृत्यु रुख ढलेर भएको सुरक्षा अधिकारीले जनाएका छन्।