१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १० बिहीबार
  • Saturday, 21 September, 2024
२o७९ कार्तिक १० बिहीबार १७:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी–२० विश्वकप क्रिकेट : विराट चम्किँदा भारतको दोस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १० बिहीबार १७:१५:oo

अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो खेल जितेको छ। आज भएको खेलमा भारतले नेदरल्यान्डसलाई ५६ रनले पराजित गर्यो । 

पहिलो ब्याटिङ गरेर भारतले दिएको १८० रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र बनाउन सक्यो।

टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाउँदै एक सय ७९ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले सबैभन्दा धेरै रन बनाए। लगातार दोस्रो अर्धशतक बनाउने क्रममा विराटले तीन चौका र दुई छक्काको मद्दतमा ६२ रन बनाए। 

कप्तान रोहित शर्माले ५३ र सूर्यकुमार यादवले ५१ रन बनाए । रोहितले आफ्नो इनिङमा चार चौका र तीन छक्का प्रहार गरे। विराट र सूर्यकुमार नटआउट रहे। विराटले पाकिस्तानसँगको खेलमा पनि अविजित रहँदै अर्थशतक बनाएका थिए। रोहितसँगै ओपनिङमा आएका केएल राहुल भने व्यक्तिगत नौ रनमा आउट भए। 

जवाफमा ब्याटिङ गर्न आएको नेदरल्यान्डस् लगातार अन्तरालमा विकेट गुमाइरहेपछि लक्ष्य भेट्न सकेन। उसका लागि टिम प्रिङ्लेले सर्वाधिक २० रन बनाए। सहरिज अहमद १६ रनमा नट आउट रहे भने बास डी लिड्स र म्याक्स ओडोड समान १६ रनमै आउट भए। 

भारतका लागि भुवनेश्वर कुमार, अर्शदीप सिंह, अक्षर पटेल र रविचन्द्रन आश्विनले दुई–दुई विकेट लिए।