१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ७ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७९ कार्तिक ७ सोमबार १८:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यसकारण सत्तागठबन्धन बन्यो : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ कार्तिक ७ सोमबार १८:१९:oo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँचदलीय सत्तागठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको स्पष्ट पारेका छन्। वामलोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार यहाँ सम्बोधन गर्दै उनले ठूलो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताए।

प्रधानमन्त्री देउवाले भने, 'नेपालको संविधान सच्चा मानेमा समावेशी छ। तसर्थ, संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो। संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ। यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ।'

संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उनले बताए। यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृत रूपमा अघि बढाउन सके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उनको भनाइ थियो।