जुम्लाको सदरमुकाम खलंगा (सहर) बजार विकसित हुँदै गएको छ। ०६२ सालदेखि जुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि विकसित हुँदै गएको हो।
यो सहर कर्णाली प्रदेशको सुर्खेतपछिको दोस्रो ठूलो सहरका रूपमा चिनिन्छ। तर, यो सहर टाउन प्लानिङका रूपमा अगाडि बढ्न सकेको छैन। सहरभित्र साँघुरा बाटाघाटा र सडकले नागरिकदेखि सवारीसाधन आवतजावतमा निकै समस्या हुने गरेको छ।