मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ७ सोमबार
  • Thursday, 19 December, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ७ सोमबार १५:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हाम्रो गठबन्धन सत्ताका लागि मात्र होइन : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ७ सोमबार १५:o५:oo

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिनका लागि गठबन्धन बनाएको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित सत्तारूढ गठबन्धनको बागमती प्रदेशस्तरीय संयुक्त भेलामा उनले सत्ताकै लागि मात्र गठबन्धन नगरिएको दाबी गरे।

देशलाई सुशासन चाहिएको भन्दै नेता पौडेलले आफूहरू सुशासनको पक्षमा उभिएको जिकिर गरे। देशमा सुशासन दिने नैतिक शक्ति भएका मानिस गठबन्धनमा आबद्ध भएको उनको भनाइ थियो।

‘चुनावी तालमेल मात्रै मैले यसलाई भन्दिनँ। यो गठबन्धन सत्ताका लागि मात्र म भन्दिनँ। यो गठबन्धन राष्ट्रको भविष्य बचाउन, संघर्ष गरेर ल्याएको जनताको अधिकार बचाउन, यो मुलुकमा आएको परिवर्तनको रक्षा गर्न, परिवर्तन पक्षधरहरू एकातिर हाम्रो यो अभियान हो,’ उनले भने।

नेता पौडेलले बाख्रा बाख्रासित र भेडा भेडासित भनेझैँ जनताको पक्ष चाहनेहरू एकातिर र प्रतिगमन चाहनेहरू अर्कोतिर भएको टिप्पणी गरे। उनले सत्तागठबन्धनका साझा उम्मेदवारहरूलाई जिताउन एक स्वरमा लाग्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिए।