१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ६ आइतबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ६ आइतबार १६:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

धेरैपछि दोहोरो अंकले बढ्यो नेप्से 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ६ आइतबार १६:o९:oo

पछिल्लो समय लगातार ओरालो लागेको सेयर बजार परिसूचक नेप्से आज भने दोहोरो अंकले बढेको छ।आज नेप्से १४ दशमलव ३५ अंकले बढेर एक हजार आठ सय ५८ दशमलव ४९ अंकमा पुगेको छ।

यस दिन होटेल तथा पर्यटन र म्युचुअल फन्डबाहेक सबै समूहको सेयर बढेकोमा बिमा, माइक्रोफाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अंकले बढेको छ।

दुई सय २१ वटा कम्पनीका १५ लाख ३८ हजार कित्ता सेयर ५१ करोड ६८ लाख रुपैयाँबराबरको  कारोबार भएको छ।  सबैभन्दा धेरै एभरेष्ट बैंकको पाँच करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। 

आज रुरु जलविद्युत् आयोजना र सयपत्री हाइड्रोपावर लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ। समग्रमा बजार बढे पनि सिटिजन म्युचुअल फन्ड टु को सेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ।   

ad
ad
ad
ad