मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १५ आइतबार
  • Sunday, 29 January, 2023
२०७९ कार्तिक ६ आइतबार १५:५२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

सिंगापुरमा एकैदिन देखिए ६ हजारभन्दा बढी कोरोना संक्रमित 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ६ आइतबार १५:५२:००

सिंगापुरमा शनिबार कोभिड– १९ का ६ हजार तीन सय ३९ जना कोरानाका नयाँ संक्रमित भएका छन्। यससँगै देशमा कोभिड– १९ संक्रमितका कुल संख्या बीस लाख ५९ हजार सात सय नौ पुगेकाे छ।

कोरोनाका यी संक्रमित पाँच हजार चार सय तीनजना स्थानीय र दुई सय ३४ आयातीत रहेकाे जनाइएको छ। हाल यहाँ कुल ६ सय २८ संक्रमित अस्पतालमा छन्। सिंगापुर कोरोना सुरु भएबाट हालसम्म एक हजार ६ सय ६० जनाको मृत्यु भएको छ।