१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ६ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक ६ आइतबार o९:२७:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

पौडेलको चुनावी नारा : रूपान्तरणको आधार सुशासन र सदाचार,  अहँ ! भ्रष्टाचार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक ६ आइतबार o९:२७:oo

काठमाडौं ५ मा कांग्रेस उम्मेदवार प्रदीप पौडेलले आफ्नो चुनावी नारा सार्वजनिक गरेका छन् । पौेडेलले शनिबार ‘रूपान्तरणको आधार सुशासन र सदाचार, अहँ ! भ्रष्टाचार’ नारा सार्वजनिक गरेका हुन् । 

उनले निर्वाचन अभियानमा भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकता बनाएका छन् । सार्वजनिक नाराको अन्त्यमा ‘डिस्लाइक’ चिह्न प्रयोग गरिएको छ । डिसलाइक चिह्नको अर्थ भ्रष्टाचारलाई डिसलाइक भन्ने रहेको पौडेलले बताए । भ्रष्टाचार गर्ने व्यक्तिलाई समाजले मन नपराउने र अहिले सामाजिक सञ्जालको दुनियाँमा इमोजीको प्रयोग बढी हुने हुँदा सामाजिक सञ्जालकै भाषामा डिसलाइक इमोजी प्रयोग गरिएको उनको भनाइ छ ।

पौडेलले भ्रष्टाचार नियन्त्रणका लागि राज्यको कार्यकारी भूमिकामा रहेकाहरूको अख्तियारले सम्पत्ति छानबिन गर्न पाउनुपर्नेसमेत बताउँदै आएका छन् । ‘सुझबुझसहितको निष्ठा, इमानदारिता र जवाफदेहिताको राजनीतिले मात्रै सुशासनको ग्यारेन्टी गर्न सक्छ र देश र नागरिकका तमाम समस्यालाई पार लगाउन सक्छ,’ पौडेलले भने, ‘मुलुकको आर्थिक, सामाजिक तथा राजनीतिक संस्कारको सकारात्मक रूपान्तरणका लागि सुशासन र सदाचार आधारभूत सर्त हो ।’ 

उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ‘बिसिडी’ मोडल अघि सारेका छन् । ‘बी’ अर्थात् ब्रेनड्रेनको समस्या समाधान, ‘सी’ अर्थात् करप्सन (भ्रष्टाचार) अन्त्य गर्न नेतृत्व गर्ने र अन्तिम मोडल अर्थात् ‘डी’ डेभलपमेन्ट (विकास) र यसको व्यवस्थापन गरी व्यवस्थित ढंगबाट कम खर्चमा धेरै उपलब्धि हासिल गर्ने योजना रहेको उनले बताए ।