मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ५ शनिबार
  • Tuesday, 17 December, 2024
२o७९ कार्तिक ५ शनिबार १६:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नमुना मतदान : ९० मत खस्दा १९ बदर !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ५ शनिबार १६:२३:oo

जिल्ला निर्वाचन कार्यालय गुल्मीको आयोजनामा जिल्लाको रेसुंगा र मुसिकोट नगरपालिकामा नमुना मतदान सम्पन्न भएको छ। 

बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान गरिएको हो। निर्वाचन कार्यालयले आगामी ४ मंसिरमा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले शनिबार नमुना मतदान गरेको हो। 

रेसुंगा नगरपालिका १४ को पराल्मी र मुसिकोट नगरपालिका ७ को बामीमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय गुल्मीका सूचना अधिकारी मेघलाल पाण्डेयले जानकारी दिए।

पराल्मीमा ८० वर्षीय तुल्सीराम पोख्रेल र मुसिकोटमा ७५ वर्षीय धनिश्वर घिमिरेले पहिलो मत खसालेर नमुना मतदानकाे उद्घाटन गरेका थिए। पराल्मीमा २५ मत र मुसिकोटमा ६५ मत खसेकाे थियो। जसमा १९ मत बदर भएको पाण्डेयले बताए। 

स्थानीय सबै उमेर समूहका विद्यार्थी, क्लब, रेडक्रम, दल र नागरिक समाजका प्रतिनिधिले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृत वरान्तराज पौडेल, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, निर्वाचन अधिकृत माया कुँवर, सुरक्षा निकायका प्रमुख तथा स्थानीय तहका प्रमुख एवं प्रतिनिधिहरू नमुना मतदान कार्यक्रममा सहभागी थिए।  

नमुना मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ। यो निर्वाचनमा १२ वटै पालिकामा नमुना मतदान हुँदै छ। जिल्लामा कुल दुई लाख २३ हजार ६ सय १५ मतदाता छन्। दुई नगरपालिका र १० गाउँपालिका रहेको जिल्लामा कुल एक सय ४२ मतदान स्थल छन् भने दुई सय ७८ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ।