बाजुरा जिल्लामा जबर्जस्ती करणीमा फरार रहेका प्रतिवादी दुई वर्षपछि पक्राउ परेका छन् । स्वामिकार्तिक खापर गाउँपालिका– ३ जुकोट बस्ने अन्दाजी २४ वर्षका उपेन्द्र भन्ने उपेश शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको हाे।
शाही ०७९ कार्तिक २ गते जिल्ला अदालत बाजुराले जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि फरार थिए । उनलाई सोमबार इलाका प्रहरी कार्यालय स्वामीकार्तिक र बुढीनन्दाबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शाहीलाई पक्राउपछि मंगलबार नै जिल्ला अदालत बाजुरामा उपस्थित गराइएको छ ।