मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८१ पौष २ मंगलबार १४:१o:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले भारतलाई दियो ९५ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार १४:१o:oo

मलेसियामा जारी एसिसी यू- १९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतसँग खेलिरहेको छ । मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा आठ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २५ रन बनाइन् भने एलिसाकुमारी यादवले अविजित रहँदै २० रन बनाइन् ।

भारतका लागि परुनिका सिसोडियाले चार ओभरमा १२ रन दिएर चार विकेट लिइन् । नेपालले सोमबार भएको पहिलो खेलमा पाकिस्तानलाई हराउँदै सुपर फोरमा स्थान बनाइसकेको छ ।