मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
वासिङ्टन
२०७९ कार्तिक ५ शनिबार ०७:४३:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

रुसलाई ड्रोन प्रयोगको तालिम दिन इरानी सैनिक क्रिमियामा

Read Time : < 1 मिनेट
वासिङ्टन
२०७९ कार्तिक ५ शनिबार ०७:४३:००

इरानले रुसी सेनालाई ड्रोन प्रयोगको तालिम दिन आफ्ना केही सैनिक क्रिमिया पठाएको अमेरिकाले जनाएको छ । रुसी सेनाले युक्रेनका नागरिक पूर्वाधारलाई ड्रोनको निसाना बनाउन इरानी ड्रोन प्रयोग गरिरहेको आरोप लाग्ने गर्छ । रुसी सेनाका केही कर्मचारी तालिमका निम्ति क्रिमियामा रहेका अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीले बताए । 

इरानमा निर्मित ड्रोन युक्रेनभर आक्रमणमा प्रयोग भएको र रुसी सैनिकलाई ती ड्रोन चलाउन सिकाउन इरानी सेनाका अधिकारी क्रिमियामा रहेको अमेरिकाले बताएको छ । योसँगै तेहरान रुस–युक्रेन द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न भएको पुष्टि भएको किर्बीले आरोप लगाए । रुसले गत अगस्टमै इरानसँग दुई हजार ४०० ड्रोन किनेको थियो । इरानबाट भविष्यमा थप ड्रोन ढुवानी हुने प्रक्षेपण गरिँदै छ ।

रुसी सेनासँगको उसको बढ्दो सम्बन्धलाई पनि वासिंगटनले अस्वाभाविक रूपमा लिएको छ । अहिले आएर रुसलाई ड्रोन बिक्री गरेर र रुसी सेनालाई तिनको प्रयोगसम्बन्धी प्रशिक्षण दिएर तेहरानले अमेरिकासँगको आणविक सम्झौता वार्तालाई अनिश्चिततातर्फ धकेलेको आशंका गरिँदै छ । गत सेप्टेम्बरमा अनुपयुक्त पोसाकका कारण पक्राउ परेकी एक महिलाको मृत्युपछि सुरु भएको प्रदशर्नलाई पश्चिमले सहयोग गरेपछि इरान पनि चिढिएको छ ।