१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ४ शुक्रबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ कार्तिक ४ शुक्रबार ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धन नभएको भए लोकतन्त्र नै समाप्त हुने थियो : महासचिव भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक ४ शुक्रबार ११:४३:oo

नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले गठबन्धन बनाएर संविधानको रक्षा नगरेको भए नेपालमा लोकतन्त्र नै समाप्त हुने अवस्था आउने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । महासचिव भुसालले नेपाली जनताले गरेको संघर्षको प्रतिफललाई बचाउन गठबन्धन गर्नुपरेको बताए । 

उनले गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा मतदातालाई मतदान गर्ने तरिका राम्रोसँग बुझाउन नसक्दा धेरै मत बदर भई आफू पराजित हुनुपरेको जानकारी दिए । उनले आगामी निर्वाचनमा भने समयमा नै मतदातालाई मतदाता शिक्षाबारे स्पष्ट जानकारी गराई मत बदर हुनबाट रोक्नुपर्ने बताए । 

महासचिव भुसालले पुनः प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पनि मत बदर भए गठबन्धनले चुनाव हार्ने बताए । उनले चुनावको खेल धेरै डरलाग्दो हुने भन्दै मत बदर नहोस् भन्ने कुरामा अत्यन्त सजग हुन जरुरी रहेको जानकारी दिए । महासचिव भुसालले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई सबै जनताले जिताउन आवश्यक रहेको बताए ।