मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ पौष २ मंगलबार २२:२६:oo
Read Time : < 1 मिनेट
समाचार

बेलायत भागेका सुमेरु सहकारीका पूर्वअध्यक्ष महर्जनविरुद्ध चार अर्बको मुद्दा दायर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार २२:२६:oo

सहकारीको रकम ठगी गरेर विदेश भागेका सुमेरु सहकारीका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध मुद्दा दायर भएको छ । तीन अर्ब ९३ करोड बिगो कायम गरी जिल्ला अदालत, ललितपुरमा सोमबार मुद्दा दायर भएको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा महर्जन एक्लैलाई हिनामिनाको भागिदार बनाइएको छ। जबकी नियमविपरीत रुपमा सहकारीबाट बारम्बार महर्जनका विभिन्न कम्पनीमा पैसा लगिएको थियो। 

गत वर्ष नै बचकर्ताहरुले सिआइबीमा जाहेरी दिएका थिए । हदम्याद सकिन लागेकाले मुद्दा दायर गरिएको सिआइबीका एसपी होबिन्द्र बोगटीले बताए । 

महर्जनलाई इन्टरपोलले रेड नोटिस जारी गरेपनि उनलाई प्रहरीले नेपाल ल्याउन सकेको छैन । सहकारीमा समस्या आएपछि सपरिवार उनी बेलायत भागेका थिए ।