मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
२o८१ पौष २ मंगलबार २२:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओलीद्वारा ललितपुर महानगरको प्रशंसा, काठमाडौंप्रति कटाक्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार २२:४५:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका अन्तर्गतको नगर प्रहरीले  फुटपाट व्यापारी र गरिखाने वर्गमाथि आतंक मच्याएको तथा दुःख दिने गरेको भन्दै आलोचना गरेका हुन् । मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ललितपुरमा महानगरमा त्यस्तो नभएको  भन्दै प्रशंसा गरे । 

 ‘ललितपुर नगर प्रहरीले गुर्ररर जिपमा कुदेर अर्कै लोकको केहि आएझै कुदेर गयो, झ्याप्प गाडि रोकेर घद्रयाङ घद्रयाङ घद्रयाङ फाल हानेर पिर पिर सिटी बजाउँदै यता फाल्दै, उता फाल्दै, ठेला फाल्दै गरिबका तरकारी, टमाटरमा फाल्दै त्यस्तै गरेको मैले देखेको छैन,’ उनले काठमाडौं महानगरपालिका नगर प्रहरी प्रति लक्षित गर्दै भने, ‘ललितपुर नगर प्रहरीलाई धन्यवाद भन्न चाहन्छु ।’ उनले नगर प्रहरी देख्दा जनता भाग्ने र तर्सिने होइन सुरक्षित महसुस गर्ने र हाम्रा रक्षकहरु आए भन्ने महसुस गर्नुपर्ने बताए । पर भागौं, के गरौं ? भन्ने किसिमको व्यवहार नगर प्रहरीबाट हुन नहुने प्रधानमन्त्री ओलीले ध्यानाकषर्ण गराए । ‘कोहि घडी फुकालेर लुकाउन थाल्ने, कोही सिक्रि लुकाउने यस्तो अवस्था नहोस्,’ प्रधानमन्त्री ओलीले भने, ‘नगर प्रहरी आउँदा हाम्रो सेवक आयो भन्ने महसुश नागरिकका हुनुपर्छ, तपाईहरुलाई धन्यवाद दिन चाहन्छु ।’  

प्रधानमन्त्री ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको समेत आलोचना गर्दै आएका छन् । बालेनले पनि ओलीप्रति सामाजिक सञ्जालमार्फत ओलीप्रति तिखो प्रहार गर्ने गरेका छन् ।