![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Bagmati2024-12-17-08-36-58.jpeg)
बागमती प्रदेशको राजधानी हेटौँडामा १० पुसबाट दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिता हुने भएको छ । बागमती प्रदेश फुटबल संघको आयोजनामा हुने प्रतियोगिता प्रदेशका ११ जिल्लाका क्लबको सहभागिता रहने प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरीले जानकारी दिए ।
उनका अनुसार प्रत्येक जिल्लामा भएको जिल्ला लिग फुटबल प्रतियोगिताको विजेता क्लबले प्रतियोगितामा सहभागी हुन पाउनेछन् । प्रतियोगिता हेटौँडा– ५ मा रहेको पिप्ले क्याम्पा रंगशालामा सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट खेलाडीले २५ हजार र म्यान अफ दी म्याच खेलाडीले पाँच–पाँच हजारसहित सिल तथा मेडल प्राप्त गर्ने महासविच ठकुरीले जानकारी दिए ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यतालिकाअनुसार हुन लागेको आयोजकले जनाएको छ ।