मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका लुम्बिनी
२o८१ पौष २ मंगलबार २o:४३:oo
Read Time : < 1 मिनेट
समाचार

१० दिने शाक्यमोन्लम पूजा सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार २o:४३:oo

बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित ३३औँ १०दिने शाक्यमोन्लम पूजा मंगलबार सकिएको छ। यस क्रममा विश्व शान्ति र प्राणी कल्याणको कामना गर्दै करिब सात हजार लामा, भिक्षु भिक्षुणी, रिन्पोछे तथा बुद्धका अनुयायीले पूजा गरेका हुन्। प्रणिधान र बुद्ध पाठले १० दिनसम्म मायादेवी मन्दिरपरिसर गुञ्जायमान बन्दा त्यहाँ पुगेका पर्यटकसमेत पूजामा आर्कषित भएका थिए।

२५ वर्षसम्म निरन्तर लुम्बिनीमा गरिएको यो पूजा आठ वर्षपछि २३ मंसिरदेखि सुरु भएको थियो। लुम्बिनी विकास कोषको पहलमा ४१औँ शाक्य गोङ्मा ट्रिछेन रिन्पोछेको उपस्थितिमा पूजा गरिएको हो।

१०दिने मोन्लम पूजाको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) को उपस्थितिमा समापन गरिएको हो। भारतका ४१औँ शाक्य ट्रिछेनको उपस्थितिमा विश्वकै ठुलो शाक्य मोन्लम पूजा लुम्बिनीमा हुँदा यसले आध्यात्मिक वातावरण सिर्जना गरेको छ। कोषका उपाध्यक्ष डा. लामाले शाक्य ट्रिछेन रिन्पोछे गुरुको उपस्थितिमा लुम्बिनीमा हजारौँ लामा, भिक्षु, उपासक उपासिकाहरू सहभागी भएर मोन्लम पूजा हुनु निकै ठुलो गौरव भएको बताए।