मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २ मंगलबार
  • Tuesday, 17 December, 2024
२o८१ पौष २ मंगलबार २o:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

अन्तरव्यवस्थापिकाको १०औँ सम्मेलन पाेखरामा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २ मंगलबार २o:४o:oo

अन्तरव्यवस्थापिकाको १०औँ सम्मेलन मंगलबार पोखरामा सुरु भएको छ । सम्मेलनमा प्रतिनिधिसभा, राष्ट्रिय सभासँगै सात प्रदेशका प्रदेश सभाका सभामुख, उपसभामुख, सचिवलगायतको सहभागिता रहेको छ ।

बुधबारसम्म चल्ने सम्मेलनको उद्घाटन प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त रूपमा गरेका थिए ।

सम्मेलनअन्तर्गत मंगलबार सभामुख घिमिरे र उपसभामुखहरूबाट भएको मलेसियाको अध्ययन भ्रमणको प्रस्तुति, संसदीय बजेट कार्यालयसम्बन्धी प्रतिवेदन, कानुन कार्यान्वयन मापन कार्यविधिको प्रतिवेदन, संसदीय समिति प्रणालीको प्रभावकारिता विषयमा छलफल भएको थियो । यसैगरी, सम्मेलनबाट निर्णय गर्नुपर्ने सम्भावित विषयको प्रस्तावबारे समेत छलफल भएको छ । 

यसअघि ३ भदौ ०७५ मा काठमाडौंको चन्द्रागिरिमा भएको पहिलो सम्मेलन र पछिल्लोपटक ८ फागुन ०८० चितवनको सौराहामा सम्पन्न अनौपचारिक रूपमा फोरमको नाम अन्तरव्यवस्थापिका मञ्च, नेपाल राखिएको थियो । त्यसपछि बसेको यो १०औँ सम्मेलन हो । बुधबार पोखरा घोषणापत्र जारी गर्दै सम्मेलन सम्पन्न हुनेछ ।