१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३ बिहीबार
  • Monday, 30 September, 2024
२o७९ कार्तिक ३ बिहीबार o८:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नवौँ राष्ट्रिय खेलकुद: होटेल बुकिङ एकातिर, खेलाडी अर्कोतिर

बसोवास व्यवस्थापन समितिले बुक गरेका होटेलमा खेलाडी नबस्दा आधाभन्दा बढी होटेल खाली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३ बिहीबार o८:३७:oo

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बसोवास व्यवस्थापन समितिले बुक गरेका होटेलमा खेलाडी नबसी अन्य होटेलमा बसेका छन् । समितिले बुक गरेको आधाभन्दा कम होटेलमा मात्र खेलाडी तथा अफिसियल बसेका छन् । अन्य होटेलमा खेलाडी बस्दा बुक गरिएका आधाभन्दा बढी होटेल खाली भएका हुन् । होटेल खाली हुँदा होटेल सञ्चालक प्रत्यक्ष मारमा परेका छन् । बुक गरेको दुई–तीन दिनसम्म कोही नआएपछि आयोजक समितिका सदस्यलाई सम्पर्क गर्दा फोनसमेत नउठाएको गुनासो होटेल सञ्चालकहरूले गरेका छन् । 

२० लाख एड्भान्स
बसोवास व्यवस्थापन उपसमितिका संयोजक राजकुमार थापाले पोखराका होटेलहरू दसैँअघि नै बुक गरिएको जानकारी दिए । होटेल बुकको क्रममा २० लाख एड्भान्स दिइएको उनले बताए । खर्च भएको र बुक गरिएकामध्ये आधा होटेलमा पनि खेलाडी गएर नबसेको उनको भनाइ छ । २८ असोजमा १३ सय कोठा बुक थियो । तर, एकजना पनि बुक गरेको होटेलमा नबसेको संयोजक थापाले जानकारी दिए । संयोजक थापाले खेलाडी बसेको होटेललाई कति पैसा होटेलले लिने हो, खेलाडी सबैले देख्ने गरी टाँस्न आफूहरूले भनेको बताए ।

सात सयसम्म कमिसन
आयोजक राखेपले प्रतियोगितामा सहभागी खेलाडीसँगै टोलीका प्रशिक्षक एवं व्यवस्थापकलाई दैनिक दुई हजार भत्ताको व्यवस्था गरेको छ । खाजा, खाना र वासको व्यवस्था उनीहरूले सोही रकममार्फत गर्नुपर्ने हुन्छ । कमिसनमा संयोजक थापाको नाम जोडिएको छैन, तर समितिका सचिवसँगै केही सदस्यको नाम जोडिएको छ । खेलाडीका नाममा आवास, खाजा र खानाको नाममा दैनिक सात सय रुपैयाँसम्म कमिसनको चलखेल भएको एक पदाधिकारीले बताए । समितिका सदस्यहरूले सस्तोमा होटेल बुक गर्ने र खेलाडीसँग बढी असुल्न नीति बनाएपछि बुक भएका होटेलमा उनीहरू नबसेका हुन् ।