Skip This
'फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने' प्रलोभन दिने प्रतिनिधिसभा उम्मेदवारलाई २४ घन्टे स्पष्टीकरण
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ कार्तिक २ बुधबार
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौँ
२o७९ कार्तिक २ बुधबार २१:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

'फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने' प्रलोभन दिने प्रतिनिधिसभा उम्मेदवारलाई २४ घन्टे स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ कार्तिक २ बुधबार २१:o५:oo

निर्वाचन आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. ४ का उम्मेदवार कृष्णकुमार श्रेष्ठसँग २४ घन्टे स्पष्टीकरण माग गरेको छ। उम्मेदवार श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने भनी मतदतामाझ बोलेको भिडियो प्राप्त भएको सम्बन्धमा निर्वाचन आयोगमा वा उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालयमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो।

निर्वाचन आचारसंहिता २०७९ को दफा ४ मा सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (न) मा 'कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने' व्यवस्था रहेको स्मरण गराउँदै आयोगले बारालगायतका जिल्लाबाट युवालाई जम्मा गरी प्रलोभन देखाएको सम्बन्धमा पत्र पठाएको हो।