१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पुरुष फुटबलमा आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o८:३५:oo

पुरुष फुटबलमा त्रिभुवन आर्मी र एपिएफ क्लब फाइनलमा प्रवेश गरेका छन् । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । एपिएफले सुदूरपश्चिमलाई ५–१ गोलले हराउँदै फाइनल प्रवेश गरेको हो । 

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा विस्थापन्न खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको हो । समूह ‘सी’को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनीलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० ले हराएको थियो । 

दोस्रो सेमिफाइनलमा एपिएफ र सुदूरपश्चिमले पहिलो हाफ १–१ को बराबरी खेलेको थियो । मध्यान्तरपछि सुदूरपश्चिम सम्हालिन नसक्दा ठूलो हार व्यहोरेको हो । एपिएफको जितमा प्रदीप लामाले दुई गोल गरेका थिए । एपिएफ समूह ‘बी’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । सुदूरपश्चिम समूह ‘डी’को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको थियो । प्रतियोगिताको फाइनल खेल ३ कात्तिकमा पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । 

ad
ad