१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार o७:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हेटौँडा र माडीको विजयी सुरुवात

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार o७:o१:oo

हेटौडा उपमहानगरपालिका र माडी नगरपालिकाले प्रथम प्रकाश दाहाल स्मृति बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् । शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको प्रतियोगितामा हेटौडाले आयोजक महांकाल गाउँपालिकालाई २५–२०,१९–२५ र १५–७ को सोझो सेटमा हराएका हुन् । माडीले बेथानचोक गाउँपालिकालाई २५–२१,२२–२५ र १६–१४ ले हरायो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुर चापागाउँदेखि लेले टीका भैरव हुँदै महांकाल गाउँपालिका जाने सडकको स्तर उन्नतिको लागि आगामी नीति तथा कार्यक्रममा नै सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । 

प्रधानमन्त्री दाहालका छोरी ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिता २५ वैशाखसम्म हुने छ । प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई एक लाख रुपैयाँ दिइने भएको छ । साथै, विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ । प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । 

ad
ad