Skip This
बिवाइडीको सुविधासम्पन्न सोरुम नक्सालमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १ मंगलबार
  • Friday, 20 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १ मंगलबार ११:५६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिवाइडीको सुविधासम्पन्न सोरुम नक्सालमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १ मंगलबार ११:५६:oo

बिवाइडीको सुविधासम्पन्न सोरुम नक्सालमा सञ्चालनमा आएको छ । बिवाइडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंक नेपालले सोरुम सञ्चालनमा ल्याएको हो । सोरुमको उद्घाटन कम्पनीका ब्रान्ड एम्बासडर हरिवंश आचार्य, बैंकर अनिलकेशरी शाह, साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले संयुक्त रूपमा गरेका थिए । 

सोरुमसँगै कम्पनीले एटो–३ नामक मोडेलको गाडी पनि सार्वजनिक गरेको छ । विक्रेता कम्पनी साइमेक्सले हाललाई नेपाली बजारमा ६०.४ किलोवाट क्षमताको ब्याट्री प्याक भएको एटो–३ उपलब्ध हुने जनाएको छ ।

यसमा रहेको ब्याट्रीले एकपटकको फुल चार्जमा चार सय २० किलोमिटर दूरीसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । यसलाई फास्ट चार्ज गर्न ८० किलोवाटको फास्ट चार्जर आवश्यक पर्छ, जसले ४५ मिनेटमै फुल चार्ज गर्ने कम्पनीले जनाएको छ । प्रिमियम र फराकिलो क्याबिन भएकै कारण यसलाई मन पराउने मानिस बढ्दै गएको कम्पनीको भनाइ छ । यो गाडीमा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातवटा एयरब्याग, मल्टी फङ्सनल स्टेरिङ ह्विल रहेको छ ।  

म्युजिक र स्पोर्टस् थिममा सजिएको इन्टेरियर, लक्जरी सिट, आकर्षक ड्यासबोर्ड, आठवटा स्पिकर, किलेस इन्ट्री, एम्बियन्ट लाइटले यसलाई निकै ‘प्रिमियम फिल’ प्रदान गरेको कम्पनीको दाबी छ । अन्तर्राष्ट्रिय बजारमा स्ट्यान्डर्ड र लङ रेन्ज भेरियन्ट उपलब्ध रहे पनि अहिले नेपालमा स्ट्यान्डर्ड भेरियन्ट मात्रै उपलब्ध छ । एटो थ्रीको चारवटै चक्कामा डिस्क, १८ इन्चको अलोय ह्विल, एलइडी हेडल्याम्प, डे टाइम रनिङ लाइट, फलोमी हेडल्याम्पजस्ता फिचर पाउन सकिने कम्पनीले जनाएको छ ।

युरो एनक्यापमा एडल्ट र चाइल्ड प्यासेन्जर सुरक्षामा फाइभ स्टार रेटिङ पाएको  जनाइएको छ । तीन सय ६० डिग्री क्यामरा, डिजिटल भिडियो रेकडर, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर सेन्सर यसको थप विशेषता रहेको उल्लेख छ । यसको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।