मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कमलराज भट्ट काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०७:३८:००
Read Time : > 6 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

समानुपातिक सूचीमा रहेका ४७ दलका चार सय आठ उम्मेदवारले बुझाएनन् जरिवाना

Read Time : > 6 मिनेट
कमलराज भट्ट, काठमाडाैं
२०७९ कार्तिक १ मंगलबार ०७:३८:००

आयोगले दियो पाँच कात्तिकसम्मको म्याद, नबुझाए सिफारिस खारेज हुने

स्थानीय तह निर्वाचनको खर्च विवरण समयमै नबुझाएर जरिवानामा परेका ४७ दलका चार सय आठजना उम्मेदवारको पद धरापमा परेको छ । प्रत्यक्षतर्फ एक सय दुईजना उम्मेदवारले जरिवाना तिरेर उम्मेदवारी जोगाए पनि समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा परेका चार सय आठजना उम्मेदवारले जरिवाना नतिरेकाले उनीहरूको पद धरापमा परेको हो । 

बन्दसूचीमा रहेका ६ हजार चार सय ५७ उम्मेदवारमध्ये चार सय आठजनाले जरिवाना नबुझाइएको पाइएपछि निर्वाचन आयोगले आइतबार निर्णय गरेर ५ कात्तिकसम्म जरिवाना बुझाउन समय दिएको छ । जरिवाना नबुझाए उम्मेदवारी खारेज गरेर बन्दसूचीबाट हटाउन चेतावनी दिएको छ । सोमबारसम्म जरिवाना बाँकी भएका कुनै उम्मेदवारले नबुझाएको आयोगका समानुपातिक निर्वाचन प्रणाली मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले बताए । 

३१ भदौमा स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिले तोकिएको अवधिभित्र निर्वाचन खर्च नबुझाएको कारणले तोकिएको जरिवाना नतिर्नेमा एक लाख २३ हजार ६ सय २४ जना उम्मेदवार थिए । जसमध्ये आसन्न निर्वाचनमा प्रत्यक्षतर्फ ७१ जना उम्मेदवारले जरिवाना तिरेका छन् । समानुपातिकतर्फ चार सय ३९ मध्ये ३१ जनाले मात्रै जरिवाना तिरेका छन् । जरिवानामा परेका पाँच सय दशजना ४ मंसिरमा हुने निर्वाचनमा उम्मेदवार बनेका छन् ।

‘चार सय ३९ जना बन्दसूचीमा सूचीकृत छन् । त्यसमध्ये चार सय आठजनाले जरिवाना बुझाएका छैनन् । जरिवाना नबुझाएसम्म ती व्यक्तिहरू उम्मेदवार बन्न नसक्ने कानुनी व्यवस्था भएकाले हामीले उम्मेदवारको सूचीमा राख्न नसकिने अवस्था बन्छ । तसर्थ, तोकिएको जरिवाना समयमै बुझाउन समय दिएका छौँ,’ आयोगका सचिव गोकर्णमणि दुवाडीले भने । जरिवाना बुझाउने सूचीमा सूचीकृत व्यक्तिहरूलाई समानुपातिकतर्फको बन्दसूचीमा उम्मेदवारको नाममा समावेश रहनका लागि जाँचबुझको अवधिसम्म जरिवाना बुझाएमा उम्मेदवारी कायम राख्न सक्ने गरी आयोगले निर्णय गरेको उनले बताए । जरिवाना नतिरेका उम्मेदवारमा प्रतिनिधिसभातर्फ एक सय ४५ र प्रदेश सभातर्फ दुई सय ६३ जना छन् । 

कसले बुझाएनन् जरिवाना ?

एमाले : नेकपा एमालेबाट प्रदेश सभामा सिफारिस भएका चारजनाले जरिवाना तिरेका छैनन् । विद्यानन्दसिंह राजवंशी, रीताकुमारी दास, शान्तिकुमारी चौधरी र हेमनाथ गुरुङ जरिवाना नबुझाउनेमा परेका छन् । 

माओवादी : जरिवाना नबुझाउनेमा माओवादीबाट प्रतिनिधिसभाका लागि समानुपातिक सूचीमा रहेका रामलखन उराव, रेखाकुमारी यादव, शान्तिदेवी मण्डल, अमलकुमारी देवी मुखिया छन् । प्रदेश सभातर्फ दिलकुमारी लिम्बू आखेवा, बलभद्र सरदार थारू, रोजिना खातुन, अञ्जु कुमारी बैठा, अम्बिकाकुमारी विश्वकर्मा, शिलादेवी राम, जयन्ती बस्नेत, सुनिता महर्जन, वसन्त दरै, कालिमाया खातुन र दानबहादुर सहकारी छन् । 

जसपा : जरिवाना नबुझाउनेमा जसपाका ३० जना छन् । नौजना प्रतिनिधिसभाका लागि २१ जना प्रदेश सभाका छन् । प्रतिनिधिसभातर्फ राजबहादुर भाम, सुरेश चौधरी, निलम कुमारी चौधरी, फूलमतीदेवी महतो, खेमजंग गुरुङ, दिना लामा, तुलसी गुरुङ, मनुमाया मोक्तान, उर्मिलादेवी महतोले जरिवाना बुझाएका छैनन् । प्रदेश सभाको बन्दसूचीमा रहेका आङ पेमा शेर्पा, यमुना गुरागाईं, लिलीकुमारी चौधरी, अस्मिता विक, लीला पाण्डे, सुनिता देवी, लक्ष्मी थापा, आस्मा कार्की, ईश्वरकुमार राउत, लालबहादुर बुढाथोकी, सुनिता दुलाल, सुन्तली तामाङ, साहाना थापा, सन्तुमाया क्षेत्री, देवबहादुर परियार, सुनिता हरिजन, पार्वती विक, मातृकाप्रसाद यादव, साधिका यादव, गंगाकुमारी चौधरी र सीमादेवी सेवा पनि जरिवाना नबुझाउनेमा छन् । 

एकीकृत समाजवादी : एकीकृत समाजवादीका २२ जनाले जरिवाना बुझाएका छैनन् । तीमध्ये प्रतिनिधिसभातर्फका सात र प्रदेशका १५ छन् । प्रतिनिधिसभामा गौरीदेवी थापा, जयन्तीकुमारी सारू मगर, ओमचरण अमात्य, सीताकुमारी शर्मा, लक्ष्मण चौधरी, ताराकुमारी विश्वकर्माले जरिवाना बुझाएका तिरेका छैनन् । प्रदेश सभातर्फ पार्वती सानु डाँगी पौडेल, ममताकुमारी सिंह, मो. लुकमान अन्सारी, आङकाण्डु लामा, कृष्णबहादुर प्रजा, सुनिता महतो, गंगा विश्वकर्मा, बमबहादुर पाइजा, सानुमाया बस्नेत, आशाकुमारी चौधरी, इतवारी थारू, इन्द्रजित अहिर यादव, रुक्मती जागरी, सुभाष्सिंह साउद र वसन्ती डगोरा थारूले पनि जरिवाना तिर्न बाँकी छ । 

जनमत पार्टी : जनमत पार्टीका प्रतिनिधिसभामा सिफारिस भएका ६ तथा प्रदेशमा सिफारिस भएका १६ जनाले पनि जरिवाना बुझाएका छैनन् । प्रतिनिधिसभाफर्त अनितादेवी साह, आशाकुमारी मेहता, विष्णु रैदास, आसिमलाल राजवंशी, विजयकुमार ताजपुरिया, विष्णुप्रसाद यादव छन् । यस्तै, जनमत पार्टीबाट प्रदेश सभामा समानुपातिकका लागि सिफारिस भएका पतालुकुमार खवास, ताराकुमारी राजवंशी, अनिताकुमारी शाह, ललिताकुमारी चौधरी, नाजमा खातुन, दीपनारायण लेखी, सकिना खातुन, रौशन खातुन, रेखादेवी मण्डल, उमेशप्रसाद साफी, प्रियंकाकुमारी सन्त, श्रीमती रम्भा देवी, रूपाकुमारी मेहता, अनिता देवी, शारदा कुमारी चौधरी र शिवरतन थारू छन् । 

माले : जरिवाना तिर्न बाँकीको सूचीमा नेकपा मालेबाट सिफारिस भएका १५ जना छन् । प्रतिनिधिसभामा सिफारिस सूर्यप्रसाद रेग्मी, मनशोभा पाण्डेय, मञ्जुमाया क्षेत्री, चन्द्रकला सिवाकोटी, रेणुका सापकोटा, रमेशकुमार श्रेष्ठ, मुना माझी, सीताकुमारी थारू, कोकिला भुल र कमला विक तथा प्रदेश सभामा रामरतीदेवी खंग खत्वे, मंगले पहरी, प्रेमकुमार नाउ ठाकुर र दुर्गाबहादुर घर्ती छन् । 

नेमकिपा : नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभामा सिफारिस भएका तीन तथा प्रदेशका नौजनाले पनि जरिवाना तिर्न बाँकी छ । प्रतिनिधिसभामा लीलादेवी पासवान, विर्ष सार्की र धीरेन्द्र लाल तथा प्रदेश सभामा भूपेन्द्र शाह, मोहनबहादुर प्रजा, सीता मंग्राती, पार्वती विक, हस्तना खत्री, लालभत्त, सार्की, गजेन्द्रबहादुर कार्की, विजुकला विक र सुष्मा कामी छन् । 

राष्ट्रिय जनमोर्चा : राष्ट्रिय जनमोर्चाबाट सिफारिस भएका प्रतिनिधिसभातर्फ २४ र प्रदेशतर्फ २३ जनाले जरिवाना तिर्नुपर्नेछ । प्रतिनिधिसभातर्फ हरिकृष्ण पाण्डेय, तर्थसिंह थापा क्षेत्री, कमलप्रसाद तिमल्सिना, पदमा पण्डित, प्रेमा जिसी, राधिका सुवेदी, सुर्जकन्या बराल, द्रुपता पाँडे, शारदा खत्री, डिलप्रसाद श्रेष्ठ, मानबहादुर लो, केरसिंह अदै, अमिता बोहजू (गोसाई), विमला श्रेष्ठ (ओली), नरभूपाल दमाईं, बाबुराम विक, सुकमाया विश्वकर्मा, दिलमाया दर्जी, रामाधार यादव, सीमादेवी माझी, रामकृष्ण राना, सुशीलादेवी चौधरी, कलावती चौधरी र नेक महम्मद यो सूचीमा छन् । प्रदेश सभातर्फ लक्ष्मीकुमारी राई, चन्द्रमाया महर्जन, कृष्णबहादुर घले, सीतादेवी क्षेत्री, छविबहादुर खनाल, दालकुमारी खत्री, तुलसीराम खरेल, रितादेवी घर्तीमिरे विक, तारा पुरी, इन्द्रकुमारी रोका, राजु चौधरी, लक्ष्मी विक, पुनम नेपाली, रामफकिरे रैदास, सुशीला कोरी, मोमिना खातुन, अम्बिका गिरी, जंगबहादुर शाही, कृष्णबहादुर शाही, कोपिलादेवी कार्की, कल्पना बराल, देशराज चौधरी र रूपादेवी आलेमगर जरिवाना नबुझाउनेमा परेका छन् । 

लोसपा : लोसपाबाट प्रतिनिधिसभा र प्रदेश सभामा सिफारिस भएकामध्ये समान १६–१६ जनाले जरिवाना तिरेका छैनन् । तीमध्ये प्रतिनिधिसभातर्फ हिरालाल मण्डल, श्यामाकुमारी राजवंशी, हेलोमति राजवंशी, शरण हाङ जवेगू, विपी मोक्तान, शशी नायजु, सत्यम पुन, रुद्रमाया दास, सन्तोषकुमार तिवारी, राजकुमार थापा, सविना खत्री, राजकुमार चौधरी, गौरीकुमारी चौधरी, सीताराम विश्वकर्मा, चुन्नी खातुन र ममता मिश्र छन् । प्रदेश सभातर्फ रामप्रसाद लुइँटेल, अशोक घिमिरे, सहनाज खातुन, चन्द्रकला देवी, विणादेवी थारू, रमिता प्रधान, बबिता सिंह, देवीमाया खाती, सीता खनाल, डोमा श्रेष्ठ गुरुङ, सिरिप्रसाद श्रेष्ठ, सुनिता कलवार, जोगकुमारी चौधरी, सवरुन निशा धुनिया र तुली कामी छन् । 

राप्रपा : राप्रपाबाट प्रतिनिधिसभातर्फ १३ र प्रदेशतर्फ १८ जनाले जरिवाना तिरेका छैनन् । प्रतिनिधिसभामा सिफारिसमा परेका शान्ति परियार  र अमिसरा खातुन छन् । यस्तै, प्रदेश सभाको समानुपातिकमा सिफारिस भएका सीता पाण्डे, रामपरिदेवी साह, प्रमिलादेवी माझी, उमेशकुमार राम, राधेश्याम साह, उर्मिलाकुमारी देवी, प्रियरुकाकुमारी साह, दुर्गादेवी राना छन्त्याल थापा, चुमानसिंह बस्नेत, मीनाकुमारी रिमाल र लक्ष्मीकुमारी बस्यालले पनि जरिवाना तिरेका छैनन् । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट प्रतिनिधिसभातर्फ  समानुपातिक सूचीमा परेकी फुलनदेवी चौधरी र प्रदेशतर्फ विष्णुमाया थापा, सुनिता केरुङ, गोपाल पौड्याल, कोपिला विक, पार्वती मुसहर, पवित्रा दमेनीले जरिवान तिर्न बाँकी छ । 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) बाट प्रदेश सभातर्फ समानुपातिक सूचीमा सिफारिस भएकी पुनमकुमारी चौधरीले पनि बुझाउन बाँकी छ । 
हाम्रो नेपाली पार्टी ः हाम्रो नेपाली पार्टीबाट प्रतिनिधिसभातर्फको सूचीमा रहेका लोकबहादुर तामाङ र लक्ष्मी सुनुवार तथा प्रदेश सभातर्फका सुरेश सुवेदी, सीताराम श्रेष्ठ, रामकविर पासमान, सुजन कार्की, अमृतबहादुर विश्वकर्मा, ईश्वरी खड्का र अब्दुल अजिज खाँले पनि तिरेका छैनन् । 

आमूल परिवर्तन मसिहा पार्टी : आमूल परिवर्तन मसिहा पार्टीबाट प्रदेश सभामा सिफारिस भएका मनकुमार खुदाङ लिम्बू, कल्पना तामाङ, गितार चिह्नका प्रतिनिधिसभातर्फ निर्मला पाण्डे, श्यामप्रसाद उपाध्याय, खेम प्रसाईं, दावा फिन्जो तामाङ, लक्ष्मीदेवी कार्की, प्रदेश सभातर्फ सोममाया विश्वकर्मा, आशा देवी, मानबहादुर कार्की, गोविन्दप्रसाद शर्मा, भद्रसिंह ठटराई, भूमिसरा विक, मदनसिंह धामी र शान्ति पन्तको नाम पनि जरिवाना नतिर्नेमा छ ।

एकीकृत शक्ति पार्टी : एकीकृत शक्ति पार्टीकी प्रतिनिधिसभातर्फ सिफारिसमा रहेकी चिन्तादेवी माझी, किराँत खम्बुवान साझाका प्रदेश सभातर्फ प्रेमकुमार राई, खम्बुवान राष्ट्रिय मोर्चाका प्रदेश सभातर्फका देशमाया राई, जनजागरण पार्टीका प्रतिनिधिसभातर्फका प्रेमबहादुर शाहीले पनि जरिवाना तिरेका छैनन् ।

जनता प्रगतिशील पार्टीका प्रतिनिधिसभामा सिफारिस भएकी बबिता कुमारी, प्रदेश सभातर्फका जयवती देवी, ओमशंकर यादव, विपना शर्मा, अन्जुकुमारी चौधरी, संगीतादेवी हरिजन, लक्ष्मी थापा मगर र गुलाफ आउजी, जनसमाजवादी पार्टीबाट प्रतिनिधिसभातर्फ मदनसेना यादव, र हरिचन्द्र साह तेली तथा प्रदेश सभातर्फ सीमाकुमारी लोहार, श्रीकृष्ण थापा, सविना तामाङ र पुष्कर केसी, तमलोपाबाट प्रतिनिधिसभातर्फ जसोदिया पासमान, प्रदेश सभातर्फ कोशिला चौधरी, शैल देवी र रिंकुदेवी पासमान पनि नतिर्नेमा छन् । 

तामाङसालिङ लोकतान्त्रिक पार्टीका प्रदेश सभामा सिफारिस कुमारी घिसिङ तामाङ, नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधिसभातर्फ रेश्माकुमारी शाही, दीपबहादुर योन्जन, धरमबहादुर थापा र उल्कादेवी विक, प्रदेश सभातर्फ रिमा मिश्रा, आकाश थारू, रामबहादुर चौधरी, विधौतीकुमारी थारू, विमला धोवी, हर्शिला विक, कमल ढुंगाना र जगदिश निरौला, नेकपाका प्रदेश सभातर्फका सन्तोषकुमार महतो, दुर्गाप्रसाद महतो र लालबाबु झा, नेकपा परिवर्तनका प्रतिनिधिसभातर्फका बुद्धिमाया तामाङ, नेकपा माओवादी समाजवादीका प्रतिनिधिसभातर्फका कौशिला खत्री, राममिलन तिवारी, प्रदेश सभातर्फका जयकौरा दमाईंले पनि जरिवाना बुझाएका छैनन् । 

नेपाल जनता पार्टीबाट प्रतिनिधिसभाको समानुपातिकमा सिफारिस सरिता घिमिरे, र वन्दना देवी, प्रदेश सभाका सञ्जयकुमार सिंह, शम्भु मिश्र, निर्मलाकुमारी चौधरी र वसन्ती पासी, नेपाल लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभातर्फका कविता सुनार, प्रदेश सभाका रामवती मलाहा, पार्वती मुखिया, पानकुमारी देवी र मरनी देवी, नेपाल संघीय समाजवादी पार्टीका प्रतिनिधिसभातर्फ भूपनारायण राम दास, कालीबहादुर शाही, पहलबहादुर शाही र मनकुमारी चौधरी, प्रदेश सभातर्फका असलम मियाँ अन्सारी, शेख नसिर नसिर, तसबीर मिया मुकेरी, जितेन्द्रप्रसाद रौनियार, चण्डेराज तामाङ, बुन्ना नेसा, र हिराबहादुर सुनारले पनि बुझाएका छैनन् । 

नेपाल सद्भावना पार्टीका प्रदेश सभातर्फका महेश महतो नुनिया, चन्द्रिका ठाकुर, रामआशिष मण्डल र शनिचरीदेवी राम, नेपाल समावेशी पार्टीका प्रतिनिधिसभातर्फका बुद्ध तामाङ र सीताकुमारी सुन्दास, नेपालका लागि नेपाली पार्टीका प्रतिनिधिसभातर्फका शेरबहादुर स्याङ्गवा, ईश्वरबहादुर थापा, सीताराम महर्जन, कल्पना विश्वकर्मा, रुवीकुमारी तिवारी, इन्दिरा राय, देवकला देवी चमार, सुकन दास, उग्रनन्द झा र बिल्टुनियादेवी माझी, प्रदेश सभातर्फका बच्चन पण्डित, निर्मलादेवी योञ्जन, सुजन कार्की, तेजबहादुर सार्की, गौरव श्रेष्ठ र ध्रुवकुमार श्रेष्ठ, नेपाली कांग्रेस (बिपी)बाट प्रतिनिधिसभातर्फ सिफारिस माया ओझा, आशाकुमारी चौहान र सम्पूर्ण बलामी तथा प्रदेश सभातर्फका सुरेशकुमार भगत, राजेश कुमारी कुर्मी, कल्पना अधिकारी, जानुकी लामा, शान्ति महर्जन, सरस्वती भारती र मीना खनालले पनि जरिवाना तिरेका छैनन् । 
नेपाली जनता दलका प्रतिनिधिसभातर्फका मुक्तिनाथ सुवेदी, नेत्रकुमारी घर्ती क्षेत्री, सुनीलराज भण्डारी, सुशीला राई, प्रदेश सभातर्फका रिता देवी, सोना देवी, निश्चल जोशी, विनोदकुमार तामाङ, नेस्नलिस्ट पिपल्स पार्टीका प्रदेश सभातर्फका आनन्दप्रसाद प्याकुरेल, पिछडावर्ग निषाद दलित जनजाति पार्टीका प्रदेश सभातर्फका सूर्यकुमार मुखिया, बहुजन एकता पार्टीका प्रतिनिधिसभातर्फका विनोदकुमार चालिसे, प्रदेश सभातर्फका फूलकुमारी दास, बुधनीदेवी राम र लक्ष्मी गुर्माछाने मगर, बहुजन शक्ति पार्टीका प्रतिनिधिसभातर्फका देवनारायण राम, प्रदेश सभातर्फका काजलदेवी वर्मा, उषाकुमारी यादव, गायत्रीदेवी बैठा, सागरकुमारी पासमान, जयकुमार खत्वे, कुसुम गडेरी र मनोज लुहारले पनि जरिवाना तिरेका छैनन । 

जरिवाना नतिर्नेमा मंगोल नेशनल अर्गनाइजेसनबाट प्रतिनिधिसभातर्फ समानुपातिकमा सिफारिस भएकी चित्रमाया थापा, प्रदेश सभातर्फ सीता दर्जी, पुष्पा तामाङ, बुद्धबहादुर सुनुवार, रिसनबहादुर घर्तीमगर, जितबहादुर थापा, प्रेम बुढा, बुद्धमाया थापा, ओमप्रकाश थारू, कृष्णाकुमारी थरुनी, सनिकला थारू, अनिता सुनार, हिराकुमारी विष्ट र खगिदेवी थापा छन् । यसैगरी, मौलिक जरोकिलो पार्टीबाट प्रतिनिधिसभातर्फ एलिसा सुन्दास, राष्ट्रिय जनमुक्ति पार्टीबाट प्रतिनिधिसभातर्फ सिफारिस भएका केयरसिं राना, चेलिका चुजेल, वसन्ता पेङनी, अखिलेश्वर तिवारी र सत्यनारायण साह, प्रदेश सभातर्फका सुन्दर गुरुङ, सावित्राकुमारी राना, महादेव थारू, रिता चौधरी, राधेश्याम बानियाँ, राजेश लोध, सावित्री धोबी, रूपाकुमारी हरिजन र तरलिता बानो नाउ, राष्ट्रिय नागरिक पार्टीका प्रतिनिधिसभातर्फकी पवित्रा जोशी, प्रदेश सभातर्फकी योगलाल श्रेष्ठ, सृजना विक र रञ्जु घिमिरे (सिजापती) तथा र राष्ट्रिय मुक्ति आन्दोलनबाट समानुपातिकमा सिफारिस भएकी सावित्रा कुमालले जरिवाना तिर्न बाँकी छ ।