१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १६:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खार्पुनाथ गाउँपालिकाले स्वास्थ्यचौकीलाई दियो आर्थिक अधिकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १६:५५:oo

हुम्लाको  खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाले गाउँपालिकामातहतका स्वास्थ्य चौकीलाई आर्थिक अधिकार हस्तान्तरण गरेको छ। पालिकाको स्वास्थ्य शाखाले कार्ययोजना निर्माण  गरी आर्थिक अधिकार स्वास्थ्य चौकीलाई नै हस्तान्तरण गरेको हो।

पालिकाभित्रका ६ स्वास्थ्य चौकीका इन्चार्जलाई सम्पूर्ण अधिकार हस्तान्तरण गरेको खार्पुनाथ स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले जानकारी दिए। आर्थिक पारदर्शिताका लागि स्वास्थ्य चौकीहरूलाई २१ वटा कार्यक्रम हस्तान्तरण गरिएको संयोजक शाहीले बताए।

उनले भने, ‘अबदेखि प्रत्येक महिनामा गाउँपालिकाका चारवटा माध्यमिक विद्यालयका विद्यार्थीलाई स्वास्थ्य सेवा प्रदान गरिने भएको छ। जसमा भकुण्डास्थित मानधारा मावि, लालीस्थित मालिका मावि, रायास्थित हुम्ला मावि र छिप्रामास्थित सीता मावि रहेका छन्।’

बिरामीहरूको अवस्था हेरी प्रत्येक स्वास्थ्य संस्थामा शनिबारको दिनसमेत एक–एकजना अहेव र अनमी खटाइने शाहीले जानकारी दिए। विगतका वर्षमा सुत्केरी आमाहरू गाउँमै सुत्केरी हुने गरे पनि स्वास्थ्य संस्थामै सुत्केरी गराउने र प्रोत्साहनस्वरूप आमा र बच्चाको सुरक्षाका लागि पौष्टिक आहारको व्यवस्थापन गरिएकाे छ।

यी सेवा–सुविधाको अवधारणा अन्य गाउँपालिकाले हालसम्म ल्याएको देखिन्न । तर, यो प्रक्रिया हुम्लाको खार्पुनाथ गाउँपालिकाले पहिलोपटक ल्याएको हो। स्वास्थ्य शाखाले स्वास्थ्य संस्थाका लागि कार्ययोजना तथा निर्देशिका बनाउनदेखि औषधि बाँडफाँडका लागि तीन करोड ३३ लाख ६० हजार रुपैयाँ विनियोजन गरेको छ।

ad
ad