१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज ३१ सोमबार १६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

म निर्वाचन लड्न चाहन्थेँ, पार्टीले समानुपातिकमा राख्यो : महत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार १६:२३:oo

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफू निर्वाचन लड्न चाहे पनि पार्टीले समानुपातिकमा राखेको बताएका छन्। 

सोमबार पत्रकार सम्मेलनमा प्रवक्ता महतले भने, ‘म निर्वाचन लड्न चाहन्थेँ, पार्टीले समानुपातिकमा राख्यो।’ 

प्रवक्ता महतले पार्टीमा गुटको अन्त्य गर्ने सहमति भएको जानकारी दिए। उनले एउटा  परिस्थितिमा बनेको गठबन्धन सरकारले छोटो अवधिमा नेपाली राजनीतिलाई एउटा अर्डरमा ल्याएको दाबी गरे। 

उनले अबको एक–दुई दिनमै सत्तागठबन्धनका तर्फबाट संयुक्त अपिल गर्ने बताए। आसन्न निर्वाचनमा योग्य नेतालाई पनि टिकट दिन नसकिएको बताउँदै उनले भने, ‘कतिपय साथीहरू योग्य हुँदाहुँदै पनि टिकट दिन सकिएन। गठबन्धनका कारण पनि त्यो भयो।’ 

ad
ad
ad
ad