१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३१ सोमबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ असोज ३१ सोमबार o९:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल दूरसञ्चार प्राधिकरणको स्थापना

अर्थ इतिहास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असोज ३१ सोमबार o९:३४:oo

नेपाल दूरसञ्चार प्राधिकरण दूरसञ्चार क्षेत्रको नियामक निकाय हो । यो दूरसञ्चार ऐन २०५३ तथा दूरसञ्चार नियमावली २०५४ को प्रावधानअनुरूप ०५३ फागुनमा गठित स्वतन्त्र संस्था हो । निजी क्षेत्रको सहभागिता गराई नेपाल अधिराज्यभरि दूरसञ्चार सेवाको विकास, विस्तार तथा सञ्चालन गर्न आवश्यक स्वच्छ प्रतिस्पर्धात्मक वातावरणको सिर्जना गर्नु प्राधिकरणको प्रमुख उद्देश्य रहेको छ ।

यसका लक्ष्यहरू अधिराज्यका ग्रामीण तथा सहरी क्षेत्रमा सर्वसाधारणको पहुँच दूरसञ्चार सेवामा पु¥याउन बसोवास भएका क्षेत्रमा बोलाउँदा सुनिने दूरीमा दूरसञ्चार सेवा उपलब्ध हुने व्यवस्था मिलाउने, देशका सहरी क्षेत्रमा मागअनुसार दूरसञ्चार सेवा उपलब्ध गराउने र व्यापारिक क्षेत्रलाई व्यावसायिक दूरसञ्चार सेवा उपलब्ध गराउने आदि रहेका छन् ।