१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज ३० आइतबार
  • Saturday, 21 September, 2024
२o७९ असोज ३० आइतबार २o:o४:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसी सैन्य स्थलमा ‘आतंकवादी हमला’, ११ जनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज ३० आइतबार २o:o४:oo

बेल्गोरोड क्षेत्रमा रहेकाे रुसी सैन्यस्थलमा शनिबार भएको आतंकवादी हमलामा परी कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन्। युक्रेननजिकैको रुसी सेनाको सैन्यस्थलमा दुई स्वयंसेवी सैनिकले अन्य सेनामाथि गोली हानेकाे रुसी रक्षा मन्त्रालयले जनाएको हो।

मन्त्रालयले एक विज्ञप्तिमा उक्त गोलाबारी युक्रेनसँग सीमा जोडिएको दक्षिणपश्चिमी रुसको बेल्गोरोड क्षेत्रमा भएको जनाएको छ। अज्ञात भूतपूर्व सोभियत राष्ट्रका दुई स्वयंसेवकहरूले लक्ष्य अभ्यासको क्रममा अन्य सैनिकहरूलाई गोली हाने र जवाफी गोली प्रहारमा मारिएको जनाइएको छ। मन्त्रालयले यस घटनालाई आतंकवादी हमला भनेको छ।