१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २९ शनिबार
  • Thursday, 03 July, 2025
रासस पाल्पा
२o७९ असोज २९ शनिबार १२:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर मृत्यु

Read Time : < 1 मिनेट
रासस, पाल्पा
नयाँ पत्रिका
२o७९ असोज २९ शनिबार १२:o९:oo

पाल्पामा अरिंगाल पोल्ने क्रममा रुखबाट लडेर गएराति एकजनाको मृत्यु भएको छ। तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। पोल्ने क्रममा उनी रुखबाट करिब एक सय मिटर तल लडेर गम्भीर घाइते भएका थिए।

शुक्रबार साँझ करिब ५ बजे गाउँनजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिंगालको गोलो पोल्न गएको बुझिएको छ। विष्णुसँग सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना पनि अरिंगालको गोलो पोल्न गएका थिए।