Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज २८ शुक्रबार १६:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निर्वाचन आयाेगद्वारा कल सेन्टर र ई–बुलेटिन सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज २८ शुक्रबार १६:०७:००

निर्वाचन आयोगले कल सेन्टर र ई–बुलेटिन सञ्चालनमा ल्याएको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका प्रणाली र प्रक्रियाबारे उम्मेदवार, दल, नागरिक समाज तथा आममतदाताको जिज्ञासा सम्बोधन गर्न र गुनासा सुन्न कल सेन्टर सञ्चालनमा ल्याएको आयोगका सचिव गोकर्णमणि दवाडीले जानकारी दिए।

‘निर्वाचनको सघन तयारी भइरहेको छ। निर्वाचन प्रणाली, प्रक्रियाबारे रहेका प्रश्न सम्बोधन र गुनासाहरू सम्बोधनका लागि सञ्चालन गरेका छौँ,’ उनले भने।दूरसञ्चारको सहकार्यमा सञ्चालित कल सेन्टरको ११०२ नम्बरको टोल फ्री नम्बरमा निःशुल्क रूपमा फोन गरेर जिज्ञासा राख्ने र गुनासा राख्न सकिने आयोगले जनाएको छ। 

कल रेस्पोन्स गर्न ६ कर्मचारी राखिएको कल सेन्टर बिहान ९ देखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ। प्रमुख आयुक्त दिनेश थपलिया र आयुक्तहरूले रिबन काटेर कल सेन्टरको उद्घाटन गरेका हुन्।

त्यसैगरी आयोगले ई–बुलेटिन पनि सञ्चालनमा ल्याएको छ। ‘सूचना, सन्देश र जानकारीमा सहज पहुँचका लागि, आयोगका गतिविधिहरू छिटो–छरितो प्राप्त गर्न ई–बुलेटिन सञ्चालनमा ल्याएका हौ,’ सचिव दुवाडीले भने। यी सेवाहरू प्रयोग गरेर आयोगसँग जोडिन र मतदानमा सहभागी हुन दुवाडीले अनुरोध गरेका छन्।