Skip This
कर्णाली राजमार्ग एक सातादेखि अवरुद्ध, आवतजावतमा सकस
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २८ शुक्रबार
  • Friday, 26 July, 2024
२o७९ असोज २८ शुक्रबार १३:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली राजमार्ग एक सातादेखि अवरुद्ध, आवतजावतमा सकस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २८ शुक्रबार १३:३६:oo

दसैँ सुरु भएसँगै कर्णाली प्रदेशमा भारी वर्षा भयो। वर्षाले दसैँ त राम्रोसँग मनाउन दिएन नै, दसैँ सकेर कर्मथलो फर्कनेहरूका लागि जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था कायमै छ।

कर्णाली राजमार्गको दैलेख, कालीकोट र जुम्ला सडकखण्डको दर्जनौँ स्थानमा पहिरो जाँदा सडक एक सातादेखि अवरुद्ध छ। हवाई सेवा भएका जुम्ला, हुम्ला र डोल्पामा नियमित उडान भएको छैन। दसैँ सकेर कर्मथलो फर्केनेहरू पैदलयात्रा गर्दै कालिकोटको डिल्लीकोट हुँदै महावु लेक काटेर दैलेख सुर्खेतसम्म पुग्नुपर्ने भए पनि पहिरोले समस्या थपेको छ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार कर्णाली राजमार्गको रारालिही सडकखण्ड र नाग्म गमगढी सडकखण्डमा हिमा, सिँजा र कनकासुन्दरी सडकखण्डमा पहिरो गएको छ। पहिरो गएको सबै ठाउँमा असोज २६ गतेदेखि पहिरो पन्छाउने काम भइरहेको छ। जुम्ला खण्ड पूर्ण रूपमा खुलाउनका लागि अझै दुई–चार दिन लाग्ने अधिकारीले बताए।

‘कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीका अनुसार मान्मदेखि पिली हुँदै जुम्लातर्फको सडक खुले पनि पिलीदेखि जुम्लातर्फ नाग्मसम्म खुलेको छैन,’ उनले भने। यस्तै, कालीकोटको मुकाम मान्म बजारदेखि सेरीघारखण्ड खुलेको छ। सेरीघाटमा ठूलो पहिरो गएकाले बाँकी खण्ड खुलाउन कठिन भएको छ। कालीकोट सडकखण्ड पूर्ण रूपमा खुलाउन अझै केही दिन लाग्ने उनले बताए।

दैलेख प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार दैलेख सडकखण्ड खुलेको छ। उनले भने, ‘दैलेखको गुराँसे हुँदै मध्यपहाडी लोकमार्ग भएर कर्णाली राजमार्गको राकम कर्णालीमा जोडिएको छ। दैलेखमा आवागमन सहज भएको छ। तर, तल्लो कर्णाली राजमार्गको दैलेख सडकखण्ड खुलेको छैन। कालीकोट सडकखण्डमा धेरै पहिरो गएकाले कर्णाली राजमार्ग पूर्ण रूपमा खुल्न अझै चार–पाँच दिन समय लाग्ने अनुमान छ।