१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o९:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o९:३८:oo

कब्जियत भयो भनेर दिसा गर्नकै लागि औषधिको प्रयोग गर्नुहुँदैन । त्यस्ता औषधिका कारण तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ । त्यस्तै, औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन् बढाउने गर्छ । 

एलोप्याथिक औषधिको अत्यधिक प्रयोगले पनि कब्जियतको समस्या निम्तिन्छ । एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसर र मानसिक रोगका औषधिले कब्जियत हुने सम्भावना अत्यधिक हुन्छ ।

कब्जियत हटाउन सन्तुलित भोजन गर्न आवश्यक छ ।  मेवा, केरा, स्याउ, आँप, खरबुजाजस्ता फलफूल पर्याप्त खानुपर्छ । त्यस्तै, किसमिस, बदाम आदिले पनि कब्जियतमा राहत मिल्छ ।

अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारी खानु राम्रो हो । गाँजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ । 

ad
ad