१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २७ बिहीबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ असोज २७ बिहीबार १३:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओली स्वेच्छाचारी हुन् : भीम रावल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असोज २७ बिहीबार १३:३o:oo

टिकट वितरणमा पार्टी नेतृत्वबाट कोपभाजनमा परेका एमाले नेता भीम रावलले पार्टी अध्यक्ष ओलीलाई स्वेच्छाचारीको आरोप लगाएका छन् । 

जिल्लाबाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएपछि औपचारिक धारणा सार्वजनिक गर्न काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई टिकट नदिने अध्यक्ष ओलीको निर्णय स्वेच्छाचारी भएको आरोप लगाएका हुन् । 

‘भदौ १९ गते अछाम १ बाट मेरो उम्मेदवारी सर्वसम्मत भएको थियो । भदौ २२ गते सुदूरपश्चिम प्रदेश कमिटीले पनि एकल सिफारिस गरेको थियो । तर, अध्यक्ष ओलीसहितले पार्टीको विधि र सिद्धान्त अवज्ञा गरेका छन् । मसँग कुनै परामर्श नगरी पार्टीभित्र कुनै योगदान नगरेको व्यक्तिलाई उम्मेदवार बनाएर अछामको जनतालाई अन्याय भएको छ,’ पत्रकार सम्मेलनमा उनले भने । 

ओलीको निर्णय स्वेच्छाचारी, अन्यायपूर्ण र गलत भएको भन्दै उनले ओलीको निर्णयले जनता र पार्टी संगठनको घोर अपमान भएको पनि टिप्पणी गरेका छन् । 

पत्रकार सम्मेलन अहिले पनि जारी छ ।