मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७९ असोज २५ मंगलबार १८:५६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

विप्लव नेतृत्वको नेकपाको नवौँ राष्ट्रिय महाधिवेशन कपिलवस्तुमा सुरु 

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०७९ असोज २५ मंगलबार १८:५६:००

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन मंगलबारबाट सुरु भएको छ। नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा एक हप्तासम्म राष्ट्रिय महाधिवेशन हुने पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बताए। 

महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा(विषम)ले पार्टीभित्रका केही व्यक्तिहरूले क्रान्तिलाई कमजोर पार्ने षडयन्त्र गरेर पार्टी फुटाउने रणनीति बनाएको आरोप लगाए। 

महाअधिवेशनमा भाग लिन देशविदेशबाट ७ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक कपिलवस्तु आएका छन्। महाधिवेशनको भोलिदेखि बन्द सत्र सुरु हुने आयोजकले बताएको छ।